दशैँमा गण्डकी मुख्यमन्त्रीको शुभकामना

चाडपर्वले साँस्कृतिक एकता र पहिचान अक्षुण राख्न महत्वपूर्ण योगदान पु¥याएको छ ः मुख्यमन्त्री गुरुङ

पोखरा, कात्तिक १० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाडपर्वले सांस्कृतिक एकता र पहिचान अक्षुण राख्न महत्वुर्ण योगदान पु¥याएको बताउनुभएको छ । नेपालीहरुको साझा पर्व बडा दशैँको उपलक्षयमा शुभकामना सन्देश जारी गदै उहाँले ‘चाडपर्वहरुबाट भौगोलिक,सांस्कृतिक र भाषिक विविधतावीच रहेको मौलिकता थप सृदृढ गदै एकता र पहिचा अक्षुण राख्न भुमिका खेलेको छ ।’


उहाँले चाडपर्वंहरुको संरक्षण एवं संम्वर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्छ शुभकामना सन्देशमा भनिएको छ। ‘यस पर्वले सबै नेपालीलाई आआफनो क्षेत्रबाट न्याय र समानता सहितको सामाजिक, आर्थिक समृद्धि, सामाजिक एकता, अपसी सद्भाव र भातृत्व अभिबृद्धिमा टेवा पुयाउने विश्वास लिएको छु ।’


मुख्यमन्त्री गुरुङले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण यसपालिको दशैँ एउटै घरमा बस्ने ब्यक्ति बाहेक अन्यसंग भेटघाट कम गर्ने तथा भेटघाट गनैपर्ने भएमा भौतिक दुरी अनिवार्य कायम गर्ने, मास्कको प्रयोग गर्ने, सावुनपानीले हात धुने वा स्यानीटाइजर प्रयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले सरकारले जारी गरेका चाडपर्व जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्य मापदण्ड, २०७७ को पूर्ण पालना गरी मनाउन सबैलाई अपिल गर्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...