दुई किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउँपालिका ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले शनिबार राति दुवै किशोरीमाथि सामूहिक बलात्कार भएको जानकारी दिए ।

सामूहिक बलात्कार गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको उनले बताए तर केही फरार रहेकाले अहिले नै सबै विवरण खुलाउन नमिल्ने उनले बताए । फरार रहेकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...