यौनशक्ति बढाउन सर्पको मासु !

एजेन्सी ।  के तपाईंले कहिले सर्पको मासु चाख्नुभएको छ ? सर्पको मदिराको एकदुई घुट्की नि ? नेपालीहरु धेरैले ‘छैन’ नै भन्नुहुन्छ होला ।

तर भियतनाममा भने सर्पको मासु खाने चलन छ । सर्प खाने आँट भएका मानिसहरुलाई भियतनाम गज्जबको स्थान हुनसक्छ ।

जङ्गलबाट समातेर ल्याइएका सर्पलाई काटिन्छ तर जीवितै राखिन्छ । पछि उम्लिरहेको पानी खन्याएर तिनलाई मारिन्छ । त्यसपछि सफा गरेर, काटकुट पारेर भुटिन्छ र लेमन ग्राँस र खोर्सानीसहित पस्किइन्छ ।

एक स्थानीयले आफूलाई सर्पको मासु निकै मनपर्ने बताउँछन् । उनी भन्छन्, ‘सर्पको मासु स्वादिष्ट हुन्छ । मलाई धेरै मनपर्छ । सर्पको मासु खाँदा हामीले सर्पको रगत, पित्त वा मुटुसँग मदिरा पिउनै पर्छ । ’

सर्पको छालादेखि केही पनि खेर जाँदैन । सर्पको मासु र रगतले यौनशक्ति बढाउँछ भन्ने मान्यता छ । तर ५० वर्ष माथिका पुरुषले मात्र पिउनुपर्ने बताइन्छ । कम उमेरमा मान्छेमा भने यसले नपुंसकता हुनसक्ने त्यहाँका स्थानीय बताउँछन् ।

स्थानीय मानिसहरु भन्छन्, ‘सर्पको मासुले टाउको दुखेको निको हुन्छ । खाएको पच्छ र हड्डी बलियो हुन्छ ।’

तर सर्प मार्दा जङ्गलको इकोसिस्टम बिग्रन्छ । फोर् पज् इन्टरनेशनलकी इयोना डुङ्ग्लेर भन्छिन्, ‘यी जीवबाट खाने र पिउने पदार्थ बनाउने पूरै प्रक्रिया धेरै कष्टप्रद छ । र यो जेका लागि गरिन्छ त्यो युक्तिसंगत छैन । बीबीसीबाट

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...