प्रम ओलीले प्रथम महिला शाक्यलाई दशैको टीका लगाइदिए

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला श्रीमती राधिका शाक्यलाई दशैंको टीका लगाइदिएका छन् । प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सोमबार पत्नी शाक्यलाई टीका लगाइदिएका हुन् ।

‘यसपाली बडा दशैंलाई काेभिड-१९ का कारण पारिवारिक रूपमा मात्रै मनाउन प्रधानमन्त्रीले देशवासीका नाममा संबाेधन गर्दै विशेष आग्रह गर्नुभएको विदितै छ,’ थापाले भनेका छन्, ‘उहाँले प्रधानमन्त्री निवासमा सार्वजनिक दशैं टीका कार्यक्रम नराख्न समेत निर्देशन दिनुभएको अवगत नै छ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...