टेनिस भवन प्रयोग विहिन

 पोखरा, कात्तिक ११ गते । पोखरा रगंशालामा राष्ट्रिय खेलकुद परिषद्ले करोडौ रुपैयाँ खर्च गरेर बनाएको टेनिसको भनव प्रयोग विहिन बनेको छ । राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशालाभित्र टेनिसको पूर्वाधार बनाउन दुई करोड ५७ लाख रुपियाँ खर्च गरेको छ तर त्यो बेकार भएको छ । ो एउटा क्ले कोर्ट र एउटा हार्ड कोर्ट सहित २ सय ४० वर्ग मिटरको क्षेत्रफलमा एक तले भवन निर्माण गरेको छ । भवनमा दुइ वटा चेन्जिङ रुम र करिब २ सय ५० जना दर्शक क्षमता सहितको प्यारापिट तथा शौचालय छ ।राखेपले संघसंग समन्वय नगरी आफनै तरीकाले निर्माण गरेको टेनिस संघले बताएको छ ।

प्रयोगमा नआउदै भवन चिरा समेत परेको छ भने कोर्ट प्रयोग विहिन अवस्थामा छ । भविनमा चिरा परेको छ भने कोर्टमा पानी जमेर खेल्न नहुने अवस्थामा रहेको छ टेनिस संघ कास्कीका सचिव नविन चालिसेले बताउनुभयो । पूर्वाधार बनाउन परिषदले जिल्ला संघसँग समन्वय नै नगरी टेण्डर आह्वान गरी ठेकेदार कम्पनीलाई जिम्मा लगायो । ठेकेदार कम्पनी आर एण्ड सी विल्डर्सले परिषदले दिएको नक्सा अनुसार धमाधम पूर्वाधार निर्माण ग¥यो अनि हार्ड कोर्ट र क्ले कोट बनाई तारजाली लगाईदियो उहाँले भन्नुभयो । हामीले मन्त्री ज्यू पोखरा आमएको बेला जानकारी गराएका छौ टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थले भन्नुभयो,‘ निर्माण सम्पन्न भएको लामो समय भएपनि हामीले प्रयोग गरेका छैनौ । यस बारे सम्वन्धित निकायमा जानकारी गराएका छौ ।’

भवन प्रयोगविहीन छ । क्ले कोर्ट पानी जमेर लेउयुक्त छ । संरक्षण र सम्बद्र्धनको जिम्मेवारी र दायित्व परिषदले गरेको छ न टेनिस संघले । व्यवारीसे अवस्थामा रहेको छ । टेनिस संघ कास्कीका कोषाध्यक्ष लोक गुरुङले प्यारापिट सहितको चेन्जिङ रुम पूर्व तर्फ बनाउन उपयुक्त थियो । कोषाध्यक्ष गुरुङका अनुसार पूर्व तर्फ प्यारापिटसहित चेन्जिङ रुम र शौचालय बनाउन सकिन्थ्यो । खेलाडीलाई पायक नपर्ने संघले बताएको छ ।

‘टेनिसको पूर्वाधार बनाउँदा संघसँग समन्वय नै नगरी बनाइयो’ कास्की जिल्ला टेनिस संघका कोषाध्यक्ष लोकबहादुर गुरुङले भने–‘समन्वय गरेको भए बनाईएको भवन अहिले प्रयोगविहीन अलपत्र पर्ने थिएन् ।’ परिषदले आवश्यकता भन्दा पनि हचुवाको भरमा बनाएको आरोप लाग्दै आएको छ । नयाँ बनाइएको भवन छ वटा कोर्ट भन्दा दक्षिणमा छ ।

संघको आफ्नै अफिसियल भवन छ । यसले गर्दा नयाँ बनाइएको भवन संघले उपयोग गरिसकेको छैन् । भवन उपयोग गर्नु अघि नै मर्मत सम्भार गर्नुपर्ने देखिएको छ । ‘भवन उपयोग गर्ने विषयमा कुनै जानकारी नै छैन’ उहाँले भन्नुभषृ–‘कोर्ट पनि खत्तम भईसकेको छ । मर्मत नगरी हुदैन् ।’

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पनि टेनिसको पूर्वाधार बनिसकेको विषयमा यकिन जानकारी परिषदबाट नआएको बताएको छ । ‘हस्तान्तरण भएको आधिकारीक सूचना छन्’ कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भन्नुभयो,–‘समन्वय नहुदाँ बनेको भवन कसरी प्रयोग गर्ने भन्ने छैन् । परिषदबाट कुनैपनि निर्देशन छैन् ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...