पोखरा महानगरका १५ कर्मचारीमा कोरोना संक्रमण, सेवा सुरु भएन्

पोखरा, कात्तिक १२ गते । पोखरा महानगरपालिकाको सेवा सुरु भएको छैन् । कात्तिक अन्तिम साता कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सार्वजनीक सुचना प्रकाशित गरेर सेवा बन्द गरेको महानगरको सेवा अझै सुरु भएको छैन् ।

असोज २८ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालको सवारी चलाउने चालकमा कोरोना पुष्टि भएपछि महानगरले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको थियो । कात्तिक ७ गतेपछि दशैँ विदा भएको थियो । दशैँ विदा मंगलबारबाट सम्पन्न भए लगत्तै बुधबार कार्यालय कर्मचारी पुगेपनि सेवा सुरु भएको छैन् । अहिले सम्म महानगरका १५ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ ।

राजस्व, प्रशासन, नक्सा शाखा गरी १५ कर्मचारीमा कोरोना पुष्टि भएको हो । कर्मचारीलार्ई कोरोना सङ्क्रमण पुष्टि भएको तथा अन्य केही कन्ट्याक्ट ट्रेसिङमा परेपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको हो । महागनरले सेवा सुरु गर्ने बारे अहिले एक बजे बैठक आह्वान गरेको छ । महानगरबाट प्रदान गरिने सेवा बन्द भएपनि वडा कार्यालय तथा अन्य विषयगत कार्यालयको सेवा भने सुचारु रहेको जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...