मादक पदार्थ सेवन गरेर झगडा, घाइतेको अवस्था गम्भिर

पोखरा, कात्तिक १२ गते । मादक पदार्थ सेवन गरी झगडा हुदाँ अमित गरुङलाई घाइते भएका छन् । पोखरा महानगरपालिका ९ शिवटोल बस्ने अन्दाजी ३० वर्षका अमित गुरुङ र वर्ष १८ का निखिल खड्काबिच मादक पदार्थ सेवन गरी आपसमा झगडा हुँदा निखिल खड्काले अमित गरुङलाई नाम नखुलेको चिज बस्तुले टाउकोमा हान्दा घाईते भई उपचारको लागि मणिपाल अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

 

अमितको टाउको र घाँटीमा चोट लागेको र अवस्था गम्भिर रहेको गण्डकी प्रहरी कार्यालयले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...