बिश्व अग्लो मानव बस्ती छर्का भोटमा अब मोबाईलको घण्टी बज्यो

पोखरा, कात्तिक १३ गते । विश्वकै अग्लो स्थानमा रहेको मानव बस्ती छार्कामा नेपाल टेलिकमको टावर पुगेपछि स्थानीयवासी खुशिले दंग छन् ।

छार्काताङसोङ गाउँपालिका अन्तर्गतको वडा नम्वर १ मा पर्ने विश्वकै उच्च स्थानको मानववस्ति रहेको स्थान छार्का गाउँमा लामो समयको प्रयासपछि नेपाल टेलिकमको टावर पुगेको हो ।

टेलिकम सेवा अव छिट्टै सुचारू हुने गाउँपालिका अध्यक्ष सेनाङ गुरूङले जानकारी दिए । हामिले लामो समय देखि प्रयास गरिरहेका थियौँ,अन्तत टेलिकमको सहयोगमा र गाउँपालिकाको निरन्तरको प्रयासमा टावर ल्याउँन सफल भएको अध्यक्ष गुरूङले बताए ।

कुनै समय असम्भव जस्तै लाग्ने टावरको सपना भने अव पुरा भएको स्थानीयको भनाइ छ । अव त फोन गर्न पाइने भइयो भनेर स्थानीयवासी खुशिले दंग छन् । टावर बोक्दै गरेका स्थानीयहरूमा छाएको खुशि छ   ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...