गण्डकीबाट उद्योग वाणिज्य महासंघको सदस्यमा गिरीको उमेदवारी दर्ता

लेखनाथ, कार्र्तिक १३ गते । नेपाल उद्योग वाणिज्य महासंघको ५४ आंै बार्षिक साधारण सभा तथा अधिवशनका लागिलेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष एवं बरिष्ठ सल्लाहकार बाबुराम गिरीले गण्डकी प्रदेश केन्द्रिय सदस्य पदमा उमेदवारी दर्ता गराउनु भएको छ ।

महासंघको मंसिर ११, १२ र १३ मा काठमाडौमा हुने ५४ औ बार्षिक साधारण सभा तथा निर्वाचनका लागि गिरीले विहिबार लेखनाथ उद्योग बाणिज्य संघको सचिवालयबाट इमेल मार्फत आफनो उमेदवारी दर्ता गराउनु भएको हो ।

कोरोना भाईरसका कारण सवै जिल्ला तथा नगर उद्योग बाणिज्य संघबाट उमेदवारी दिन काठमाडौ नै जानु पर्ने बाध्यकारी अवस्थालाई मध्यनजर राख्दै निर्वाचन समितिले अनलाईनबाट नै उमेदवारी दर्ता गर्ने ब्यवस्था मिलाएकाले सोही अनुसार गिरीले गण्डकी प्रदेश प्रतिनिधी पदमा उमेदवारी दिनु भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...