पोखरामा शुक्रबार बिहानै थपिए ५८ कोरोना संक्रमित(कुन वडामा कति विवरण सहित)

पोखरा, कात्तिक १४ गते ।पोखरा कोरोना भाइरस संक्रमणको हट स्पट बनेको छ । पोखरामा महानगरपालिकामा शुक्राबार बिहानै ६५ जनामा कोरोना संमण पुष्टि भएको छ ।

लाईफ केयर डाईग्नोस्टिक प्रा.लि, पोखरामा गरिएको परिक्षणमा गण्डकी पोखरामा मात्रै नयाँ ५८ जना संक्रमित पुष्टि भएका हुन् ।

संक्रमितहरु लाईफ केयर डाईग्नोस्टिक प्रालिबाट पोखराका विभिन्न अस्पताल मार्फत कोरोनाको संक्रमण परिक्षणका लागि नमुना संकलन गरि पठाईएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।

स्वस्थ्य निर्देशनालय गण्डकीले पोखरा महानगरपालिका, न्यूरोड स्थित लाईफ केयर डाईग्नोस्टिक प्रालि पोखराले कोरोनाको परिक्षण पश्चात प्रेषण गर्ने विवरणहरु पूर्ण रुपमा यस निर्देशनालयमा पठाउनुहुन अनुरोध गरेको छ । साथै सम्बन्धित स्थानीय पालिकाहरुसंगको सहकार्यमा संक्रमितहरुलाई आईसोलेसन ब्यबस्थापनमा समेत सहयोग गर्नुहुन अनुरोध छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...