उच्च शिक्षामा घरबाटै परीक्षा

काठमाडौँ, कात्तिक १४ गते । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम)को अनुभव सँगालेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)का कारण विद्यार्थीको परीक्षा भौतिक रूपमा हुन नसक्दा शैक्षिक सत्र नै गुम्ने खतरा बढेपछि विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै परीक्षा लिने व्यवस्था मिलाएका हुन् । पूर्वाञ्चल तथा लुम्बिनी बौद्ध विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै परीक्षा लिने व्यवस्था मिलाएका छन् ।

नौलो अनुभव ग¥यौँ
पूर्वाञ्चल विश्वविद्यालयको स्नातकोत्तरतर्फ आमसञ्चार तथा प्रविधि विषयमा अध्ययनरत दीनानाथ भट्टराई पहिलो पटक अनलाइन विधिबाट लिइएको परीक्षामा सहभागी हुनुभयो । सधँै भौतिक रूपमा परीक्षा केन्द्रमा उपस्थित भएर परीक्षा दिएको अनुभव सँगाल्नुभएका भट्टराईका लागि घरमै बसेर परीक्षा लिने कुरा सुरुमा त साह्रै नौलो लाग्यो । तर उहाँले उक्त तहको तेस्रो सेमेस्टरको परीक्षा अनलाइनबाटै पूरा गर्नुभयो ।

परीक्षा नौलो र रमाइलो अनुभूति भए पनि समय व्यवस्थापनका हिसाबले भने चुनौतीपूर्ण रहेको अनुभव उहाँ सुनाउनुहुन्छ । घरमा बसेर परीक्षा दिँदा समय व्यवस्थापन सबैभन्दा महŒवपूर्ण भएको उहाँ बताउनुहुन्छ । “परीक्षा केन्द्रमा नभई घरमै परीक्षा दिए पनि यताउता सल्लाह गर्ने तथा किताब कापी हेर्न लागेको अवस्थामा भने पूरै प्रश्न भ्याउने सम्भावना हुँदैन”, उहाँ भन्नुहुन्छ । घरबाटै परीक्षा दिँदा प्रविधिको हिसाबले भने सधैँ समस्या भइरहने अनुभव छ परीक्षार्थीको । खासगरी उत्तरपुस्तिका लेखन सकेपछि सम्बद्ध विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा पुगे नपुगेको विषयले भने सधैँ तनाव बनाउने गरेको अनुभव विद्यार्थीको छ ।

अनलाइन माध्यमबाटै स्नातकोत्तर तहको परीक्षामा सहभागी हुनुभएका विपुल पोखरेल घरमा बसेर परीक्षा दिँदा परीक्षाको स्तरीयता कायम नरहला र हेर्ने सार्नेमा जाला कि भन्ने आफ्नो पूर्वानुमानभन्दा फरक तरिकाको परीक्षा भएको बताउनुभयो । खासगरी मौलिक खालको प्रश्नपत्र सोध्ने शैलीका कारण पनि आफूले सोचेभन्दा राम्रो खालको परीक्षा भएको उहाँको भनाइ छ । परीक्षा हलमा तीन घण्टा लेख्नेभन्दा फरक शैलीमा घरबाटै परीक्षा दिए पनि यसले सही मूल्याङ्कन गर्न सक्छ भन्ने आफूलाई लागेको पोखरेलले बताउनुहुुन्छ । नयाँ अनुभव भएकाले परीक्षाको त्रास भने कायमै रहेको उहाँको भनाइ छ ।

यसरी पठाइन्छ उत्तरपुस्तिका
भर्चुअल माध्यमबाट प्रश्नपत्र पाइसकेपछि विद्यार्थीले तीन घण्टामा लेखेर सक्नेबित्तिकै सम्बद्ध विश्वविद्यालयको कार्यालयमा पठाउनुपर्छ । त्यसअघि तीन घण्टामा लेखेको उत्तरपुस्तिकाका पानाका तस्बिर खिचेर या स्क्यानिङ गरेर पठाइन्छ । विद्यार्थीले उत्तरपुस्तिका पठाएको एक मिनेटमा विद्यार्थीलाई उत्तरपुस्तिका प्राप्त भएको प्रतिक्रिया प्राप्त हुन्छ ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव कोइरालाले अहिलेको परिस्थितिअनुसार अनलाइन माध्यमबाट विद्यार्थीसित लिइएको परीक्षा सकारात्मक रहेको बताउनुभयो । परीक्षा प्रारम्भ भएको दिन विश्वविद्यालयका तर्फबाट सानातिना कमजोरी भएको, दुई तीनवटा कलेजले उत्तरपुस्तिका पठाउन केही समस्या देखिएको भए पनि विस्तारै यसको समाधान भएको उहाँ बताउनुहुन्छ । सङ्क्रमण कायमै रहेको अवस्थामा आगामी दिनमा यस खालको अनलाइन कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...