पोखरामा आज मात्रै संक्रमितको संख्या १८२ पुग्यो

पोखरा, कात्तिक १४ गते । पोखरामा कोरोना संक्रमितको संख्या बढदो छ । नेपालीहरुको ठूलो चाड दशैको समापनसंगै संक्रमितको संख्या बढेको छ । त्यस्तै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि थपिदै गएको छ । पोखरा काठमाडौपछि कोरोनाको हटस्पट बनेको छ ।

शुक्रबार साँझसम्म १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । संक्रमणबाट शुक्रबार होम आईसोलेसनमा रहेका एक पुरुषको मृत्यु समेत भएको छ । साँझ पौने पाँच बजेसम्म संक्रमितको संख्या १सय ८२ पुगेको हो ।

पोखरामा सरकारले घोषणा गरेको लकडाउनको अन्त्य र लामो तथा छोटो दुरीका सार्वजनीक सवारी साधन सञ्चालन अनुमति दिएपछि संक्रमण दैनिक बढेको छ । पोखरामा संक्रमिट बढेपछि आइसोलेसना बेड पाउन समेत मुस्किल भएको छ ।

सामाजिक सञ्जालमा कोरोनाले अवस्था गम्भिर आउने भन्दै चिन्ता गरिएको छ ।सरकारको व्यवस्थापन राम्रो नभएको भन्दै अव शव गन्ने बाहेक अरु काम नहुने भन्दै सचेत रहन आग्रह गरिएका पोष्टहरु बाक्लै देखिएका छन् । पोखरामा कोरोनाले गम्भिर रुप लिने अवस्था देखिएको छ । सरकारी निकायहरुले कोरोना संक्रमितको उपचार, व्यवस्थापनका लागि ध्यान दिनुपर्नेमा सुझाव दिइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...