मासबार आमा समुहको रजतजयन्ती, स्मारिका विमोचन

पोखरा, कात्तिक १५ गते । पोखरा महानगरपालिका वडा नम्वर सातमा रहेको मासबार आमा समुहले आफनो रजतजयन्तीको अवसरमा स्मारिका विमोचन गरेको छ ।

समुहले रजतजयन्ती स्मारिका प्रकाशन गरेको थियो । रजतजयन्ती स्मारिकाको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, वडा अध्यक्ष रामचन्द्र बरालले शनिबार एक कार्यक्रमका वीच विमोचन गर्नुभयो ।

स्मारिकामा समुहले अहिलेसम्म गरेका सामाजिक कार्यहरु र गतिविधिहरु समावेश गरेर स्मारिका प्रकाशन गरेको हो । प्रमुख जिसीले आमा समुहले गरेका कार्यहरुले महानरलाई सहयोग पुगेको बताउनुभयो । समाज सुधाकारलागि आमा समुहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।


मासबार आमा समुहका अध्यक्ष अध्यक्ष टिकादेवी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र वराल, समुहका सल्लाहकार तेजनारयण अधिकारी, वडा सदस्य प्रभा पन्त, महिला विकासका लागि आमा समूह अध्यक्ष मनमाया बराल, नेपाली काँग्रेस वडा ईकाइ ७ का सभापति नविनराज वराल, रेडियो सफलताकी प्रबन्धक निर्देशक दुर्गा अधिकारी, पोखरा पिस क्लव अध्यक्ष सुजन वराल लगायलते समुहले अहिलेसम्म गरेका कामको प्रशसा गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण कुमारी वराल र कार्यक्रम सञ्चालन सचिव शारदा गिरीले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...