बेगनासतालमा हिडिरहेका लामालाई पछाडिबाट वियरको बोत्तल प्रहार

पोखरा, कात्तिक १५ गते । बेगनासताल किनारमा हिडिरहेको अवस्थामा वियरको बोत्तलले हान्दा एक जना घाइते भएका छन् । पोखरा महानगरपालिका ३१ बेगनासताल बस्ने वर्ष ६१ को शुरसिंह लामा घर नजिकै हिडिरहेको अवस्थामा सोही ठाँउ बस्ने वर्ष ५० को जुठ्ठे लामाले पछाडिबाट आई बियरको बोत्तल प्रहार गर्दा घाईते भएको प्र्रहरीले जनाएको छ ।

घाइते लामो उपचारको मणिपाल शिक्षण अस्पतालमा भैरहेको र अवस्था गम्भिर रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी टोलिले तत्कालई पुगि कुटपिट गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...