आज जेष्ठ नागरिक दिवस, पोखरा महानगरले सबै भन्दा बढि उमेरका ज्येष्ठ नागरिकको घरमै पुगेर नगर माता र पीता सम्मान

पोखरा, असोज १५ गते । आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ माअन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।

विक्रम सम्वत २०६८ सालको जनगणना अनुसार नेपालमाकुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख वढी जेष्ठ नागरिकहरु रहेकाछन् । प्रत्येक१० बर्षमा गरिने गणनाको तथ्यांक अनुसार वृद्धवृद्धाहरुको संख्यामा बृद्धि देखिएकोछ । यसबाट नेपालमा औसत आयू पनि बढेको स्पष्ट हुन्छ । विश्वमा ६० वर्ष उमेर पुगेका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ । औसत आयूमा देखिएको सुधारले यो संख्या सन् २०५० सम्ममा दुई अर्ब पुग्ने अनुमान छ ।

 

दिवकै अवसरा पोखरा महानगरपालिकाले महानगरभित्रका सबै भन्दा ज्येष्ठ नागकिलाई नगर माता र पिताका रुपमा सम्मान गर्छ । आज पोखरा महानगर वडा नम्वर २४ की १०७ वर्षिय कलावती गिरीलाई नगर माताका रुपमा सम्मान गदै छ भने पोखरा ११ काहुँकी एक जनालाई नगर पिताका रुपमा सम्मान गदै छ । महागनरले नदग १० हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्ने पोखरा महानगरकाले जनाएको छ ।

 

सामाजिक सुरक्षाको अवधारणा लागु गर्नेसन्दर्भमा स्वर्गीय मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला बृद्धबृद्धालाई मासिकभत्ता वितरण गर्ने कार्यक्रम नै यसक्षेत्रका लागि सवैभन्दा प्रगतिशिल कदमभएको मानिन्छ । सोहि अनुसार अहिलेसम्मपनि नेपाल सरकारले वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्ता सहित अन्य सुविधा तथा अधिकारहरुको सुचिश्चिततालाई निरन्तरता दिंदै आएको छ । तर पछिल्ला दिनहरुमा पारिवार तथा समाजबाट नै वृद्धवृद्धाहरुअपहेलित हुने क्रम बढेको भन्दै सर्वत्र चासो र चिन्ता प्रकट हुन थालेको छ ।

 

जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभवनयाँ पुस्ताको लागि मार्गर्दर्शन मानिन्छ । संयुक्त घर(परिवार प्रणालीमा चलेको हाम्रोसमाजमा एउटै घरमा परिवारका धेरै सदस्यहरु बस्ने र त्यहाँ जेष्ठ नागरिकहरुलाई उच्चसम्मान हुने गर्दछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...