आत्महत्याको विषयमा बन्यो छोटो फिल्म ‘सोल्यूशन’

पोखरा, असोज १५ गते । छोटो फिल्म ‘सोल्यूशन’ नेट टिभीको ‘ओटिटी प्लेटफर्म’मार्फत सार्वजनिक भएको छ । कोरियोग्राफिमा आफूलाई स्थापित गरिसकेका रोहन नेपालीले यो फिल्मको निर्माण अनि निर्देशन गरेका हुन् । फिल्ममा उनी आफैँले अभिनय समेत गरेका छन् ।

करिब ८ मिनेटको फिल्मले युवापुस्ताको प्रेम बिछोड अनि त्यसपछि उनीहरुले लिने गम्भिर प्रकृतिको निर्णयले जीवनमा पारेको असरको विषयलाई उठाएको छ । ‘युवापुस्ताको मनोदशालाई फिल्ममार्फत भन्न खोजेका हुँ । अहिले सामान्य कुरामा पनि युवापुस्ताले आफ्नो ज्यानै सम्म फाल्ने निर्णय लिईराखेका छन् । तर यो फिल्ममार्फत मैले सबै समस्याको समाधान हुन्छ । कुनै पनि निर्णय लिँदा हजारपटक सोँच बिचार गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको हुँ ।’ अभिनेता तथा निर्देशक नेपालीले भने ।

प्रेम बिछोडमा परेर आत्महत्या गर्ने गरेको घटना धेरै सुनिन थालेको छ । क्षणिक आवेशमा आएर सानै उमेरमा आत्महत्या गर्दा उनीहरुको परिवारमा ठुलो बज्रपात परेको उदाहरणहरु प्रशस्तै छन् । आत्महत्या दर दिनहुँ बढ्दो छ । ‘यस्ता घटनाहरु बढ्दै जानु भनेको समाजका लागि निकै घातक कुरा हो । त्यसैले यस बिषयमा सोँच्न आवश्यक छ भन्ने ठानेर मैले सानो प्रयास गरेको हुँ ।’ रोहनले भने–‘मैले भन्न खोजेको कुरालाई दर्शकहरुले पनि रुचाएका छन् ।’

चाँडै नै फिल्मलाई अन्य डिजिटल प्लेटफर्ममा पनि राखिने उनले बताए । सार्वजनिक फिल्मलाई अमित नेपालीले खिचेका हुन् । फिल्ममा रोहनसँगै विवेक गुरुङ, कञ्चन भुजेल र तारा शर्माको अभिनय रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...