दुर्घटनामा परेका सदस्यलाई युथ कम्युनिटी क्लव वाईसिसि नेपालको सहयोग

पोखरा १५ असोज । केमिकल दुर्घटनामा परि अस्पतालमा उपचारत रोशन अधिकारीलाई युथ कम्युनिटी क्लव (वाईसिसि) पोखराले आर्थिक सहयोग गरेको छ ।

क्लवका कार्यसमिति सदस्य समेत रहेका अधिकारी केही दिन अगाडि केमिकल दुर्घटनामा परि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको सघन कक्षमा उपचाररत रहेको र उनलाई क्लवले १६ हजार आर्थिक सहयोग गरेको क्लवका विपद ब्यवस्थापन उपसमिति संयोजक शर्मिला लामाले जानकारी दिइन ।

 

युवा ब्यवशायीहरु बीच साथ, सहयोग र सहकार्यका लागी भन्ने उद्देश्यका साथ स्थापित युथ कम्युनिटी क्लवको विपद ब्यवस्थापन कोषबाट ८ हजार र क्लवका आवद्ध सदस्यहरुबाट संकलित ८ हजार गरी १६ हजार आर्थिक सहयोग गरिएको र थप सहयोगका लागी ग्रीन डेभलपमेन्ट बैंकको खाता नम्बर ००६२१५०००१११३९०००००१ मा रकम संकलन गर्न सकिने समितिका सह संयोजक संजय शर्माले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...