पोखरा आरोग्य आश्रमलाई जेसिजद्धारा खाद्यान्न सहयोग

पोखरा, असोज १५ गते । पोखरा जेसिजले कुष्ठरोग प्रभावित व्यक्तिहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका–१५ टुटुङ्गामा रहेको पोखरा आरोग्य आश्रममा रहेका कुष्ठरोग प्रभावित वृद्धवृद्धालाई जेसिजले खाद्यान्न सहयोग गरेको हो ।


पोखरा जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पाँचौ दिन सो कार्यक्रम गरेको हो । खाधन्न वितरण गर्दै जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटाले आफुहरुले जति सक्दो सहयोग गरेको बताउनुभयो । त्यस्तै नेपाल कुष्ठरोग निवारण संघका अध्यक्ष नारायण शर्माले पोखरा जेसिजकै सहयोगमा आश्रमको स्थापना भएको जानकारी दिनुभयो । ‘कुष्ठरोग पनि कुनै बेला अहिलेको कोरोना भाइरस जस्तै थियो । कुष्ठरोग लागेका व्यक्तिलाई समाजमा बहिष्कार गर्ने अवस्था थियो । पछि औषधी बन्न थाल्यो । हामिले जेसिजकै पहलमा आश्रमको स्थापना गरेका थियौ’ शर्माले भन्नुभभयो ।

पोखरा वडा १५ का वडाअध्यक्ष प्रकाश पौडेलले मानवतालाई आत्मसाथ गर्दै सामाजिक कार्य गरेकोमा खुसी व्यक्त गर्नुभयो । सप्ताहव्यापी कार्यक्रम संयोजक मिनराज खड्काले आफुहरु समाजसेवा गर्न सातदिन पुर्णरुपमा समर्पित भएर लागेको बताउनुभयो । ‘हामिले यो सातदिनको कार्यक्रममा धेरै कुरा सिक्ने लक्ष्य राखेका छौ । यस्ता कार्यक्रमले हामीभित्र एउटा निखारपन ल्याउन सान्दर्भिक छ । हामीलाई सामाजिक कार्यमा अग्रसर मद्दत मिलेको छ’ खड्काले भन्नुभयो । कार्यक्रमा पुर्व जेसिज अध्यक्ष, जेसिज सदस्यहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...