आदर्श सञ्चार सहकारीद्वारा जेष्ठ नागरिकलाई सम्मान

बागलुङ, असोज १५ गते । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले अन्तराष्ट्रिय जेष्ठ नागरिकको दिबसको अवसर पारेर संस्थाका जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै संघीय सांसद तथा आदर्श सञ्चार सहकारी संस्थाका संस्थापक अध्यक्ष मन कुमारी केसीले समाज रुपान्तरणमा जेष्ठ नागरिकहरुको महत्वपूर्ण भूमिका रहेकाले उनीहरुलाई सबैले सम्मान गर्नु पर्ने बताउनुभ यो । नेपाल सरकारले जेष्ठ नागरिकको स्वास्थ्य विमा, सामाजिक सुरक्षा भत्ता लगायतका विषयमा सम्बोधन गरी उनीहरुको योगदानको स्मरण गरेको जानकारी गराउनुभयो । सहकारी क्षेत्रले समाजका प्रवुद्ध जेष्ठ नागरिकलाई सम्मान गर्नु पर्नेमा जोड दिनुभयो ।


संस्थाका जेष्ठ शेयर सदस्य प्रेम छोटा, देव बहादुर श्रेष्ठ, मती कार्की, हर्क बहादुर खत्र्री, हरीकला खत्री, सिन्दुर कुमारी श्रेष्ठ, तुलसी देवी कार्की लगायतलाई सो अवसरमा सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित जेष्ठ सदस्य प्रेम छोटा र देव बहादुर श्रेष्ठले आदर्श सञ्चार सहकारी संस्थाले ७० वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई पेन्सन प्रदान गर्नुका साथै निरन्तर रुपमा सम्मान गर्दै आएको भन्दै खुशी व्यक्त गर्नु भयो । जेष्ठ नागरिकहरु देशका धरोहर भएकाले सरकारले थप सुविधा दिनुपर्ने उहाँहरुको भनाइ थियो ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी (अन्जु) को अध्यक्षता, उपाध्यक्ष अनन्त बहादुर खड्काको स्वागत र प्रवन्धक प्रबन्धक दिपकराज सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।आदर्श सञ्चार सहकारीमा ७० वर्ष पुरा गरी मासिक पेन्सन प्राप्त गर्ने २४ जना जेष्ठ सदस्य रहेका छन् । संस्थाले जेष्ठ शेयर सदस्यहरुलाई मासिक ३ सय रुपैयमा जेष्ठ नागरिक पेन्सन वितरण गर्दै आएको छ । जेष्ठ नागरिक पेन्सन कोष स्थापना गरी ७० वर्ष पुरा भएका जेष्ठ नागरिकहरुलाई पेन्सन वितरण गर्दै आएको र आगामी दिनमा यो रकमलाई थप गर्दै लगिने अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...