पोखरा ३१ का दश जनामा संक्रमण

पोखरा, असोज १५ गते । पोखरा महानगरपालिकामा कोरोना संक्रमितको संख्या बढेको छ । पोखरा महानगरमा साँढे नौ सय भन्दा बढि संक्रमतिको संख्या पुगेको छ भने करिव पाँच जना अझै उपचारमा छन् । पोखरा कोरोनाको उच्च जोखिममा छ । पोखरा महानगरपालिकाको एउटै वडामा दश जनामा पोजेटिभ देखिएको छ ।

पोखरा महानगरपालिका वडा नम्वर ३१ का २० जनाका पिसिआर टेष्ट गर्दा १० जनामा पोजेटिभ देखिएको हो । कोरोना संक्रमण नियन्त्रमै भएपनि सवै सचेत हुनुपर्ने खाँचो रहेको पोखरा ३१ का पर्यटन ब्यवसायी दामोदरभक्त थापाले बताउनुभयो । पोखराको पचभैयाका दश जनामा पोजेटिभ देखिएको उहाँको भनाई छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै स्थानीय वासिन्दाको आशाका केन्द्र वडा अध्यक्ष, पोखरा महानगरका प्रमुख, गण्डकी प्रदेश सांसदहरुलाई विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । संक्रमण नियन्त्रणको लागि आवश्यक पहल कदमी गर्न आग्रह गर्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...