राष्ट्रिय सहकारी बैंकको २ नं. प्रदेश स्तरीय अन्तरक्रिया सम्पन्न

बागलुङ,असोज १६ गते । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा बैंकको प्रगति समिक्षा एवम् भावी कार्यदिशा ः सभावना र चुनौती विषयक एक दिने प्रदेश नं. २ स्तरीय अन्तरक्रिया कार्यक्रम बिहीवारवार सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण सहकारी सञ्चालनमा देखिएका समस्याहरुको पहिचान र समाधानका लागि सहकार्य गर्ने उद्देश्यका साथ देशव्यापी रुपमा अन्तरक्रिया शुरु गरिएको बैंकले जनाएको छ । बैंकले बुधवार प्रदेश नं. १ बाट प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम शुरु गरेको हो ।

प्रदेश नंं. २ मा रहेका जिल्ला स्तरीय सहकारी संघका अध्यक्षहरु, विषयगत सहकारी संघका अध्यक्षहरु, बैंकका शाखा समन्वय उपसमितिका संयोजक तथा सदस्यहरु, २ नं. प्रदेशबाट राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय विषयगत सहकारी संघहरुमा प्रतिनिधित्व गर्ने सहकारी अगुवाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।कोरोना संक्रमणका कारण उत्पादन असहज परिस्थितिमा बैंकले कस्तो योजना बनाएर अगाडि बढ्दा समग्र सहकारी क्षेत्रको विकासमा सहयोग पुग्न सक्छ ?, सरोकारवाला निकायहरुसंग कसरी समन्वय गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा कार्यक्रममा छलफल भएको थियो ।कार्यक्रमका सहभागीहरुले सहकारी बैंकले सहकारीहरुको वित्तीय तथा संस्थागत विकासमा प्रभावकारी काम गर्दै आएको बताएका थिए ।

कोरोना संक्रमणको संकटपूर्ण समयमा बैकले सदस्य संस्थाहरुलाई ऋणको ब्याजमा छुट, ऋणको ब्याजदर घटाउने तथा मनोपरामर्श लगायतका कार्यक्रम गरेर सदस्य सहकारीहरुलाई सहजता प्रदान गरेको सहभागीहरुको भनाइ थियो । आगामी दिनमा बैंकको क्षमता थप अभिवृद्धि गर्दै मुलुकभरका सहकारीहरुलाई सक्षम बनाउने योजनाका साथ अगाडि बढ्न सहभागीहरुले सुझाव दिएका थिए । सहकारी क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सिंगो सहकारी अभियान एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिदै सहभागीहरुले सहकारी बैंकको विकल्पमा अर्को बैंकका चर्चा चलाएर अभियानलाई कमजोर बनाउन नहनेमा जोड दिएका थिए ।

सहकारी बैंक सक्षम हुदै गएकाले यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि प्रविधिको अधिकतम उपयोग, राज्यले सहकारी क्षेत्रमा परिचालन गर्ने रकम सहकारी बैंकमार्फत लगानी गर्ने वातावरण सिर्जना गर्नु पर्ने बताएका थिए । कार्यक्रममा सहभागीहरुले उठाएका सवाल तथा जिज्ञासाहरुकालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष के.बीं उप्रेतीले सदस्य माग, चाहना र आवश्यकतालाई ध्यान दिएर बैंकले आगामी योजनाहरु निर्माण गर्ने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...