गण्डकी प्रदेश सरकारले क्रिकेट रंगशाला बनाउने

तयार भयो डिपिआर, लागत १ अर्व ६० करोड

पोखरा, असोज १७ गते । पोखरामा अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माण हुने भएको छ । गण्डकी प्रदेश सरकारले १ अर्व ६० करोडका लागतमा रंगशाला निर्माण गर्ने भएको हो । प्रदेश सरकारले पोखरा महानगरपालिका वडा नम्वर ३३ पशुपतिघाटमा रंगशाला निर्माणको लागि डिटेल रिपोट प्रोजेक्ट(डिपिआर) तयार गरेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं खेलकुद विभाग महाशाखाका उपसचिब तेज प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

प्रदेश सरकारले क्रिकेट रंगशालाका लागि जग्गा सम्भाब्यता अध्ययन समिति गठन गरेर समेत गरेको थियो । समितिको रिपोर्टका आधारमा सोही स्थानमा रंगशाला निर्माण गर्ने निर्णयमा पुगेका हो । जग्गा सम्भब्यता अध्ययनका लागि नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङको संयोजकत्वमा समिति गठन भएको थियो । सोही समितिको सिफारिसका आधारमा सोही जग्गा उपयुक्त भएपछि जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढाइएको थियो, उपसचिव काफ्लेले भन्नुभयो,‘ खेलकुद मैदान तथा पूर्वाधार निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ माघ १० गतेको निर्णय अनुसार जग्गा प्राप्ति भैसकेको छ ।’ उक्त जग्गा खाली थियो ।

प्रदेश सरकारले भोगाधिकार प्राप्त गरेपछि रंगशाला निर्माणका लागि डिपिआर तयार गरेको उहाँले भन्नुभयो,‘चार वर्षमाभित्र सम्पन्न गर्ने गरी बहुवर्षिय योजना अन्र्तगत रगंशाला निर्माण हुने छ ।’ डिपिआर तयार भैसकेको छ उहाँले भन्नुभयो, गत वर्ष डिपिआरका लागि १ करोड विनियोजन भएको थियो तर १६ लाख खर्च र अरु फ्रिज भयो । यस वर्ष २ करोड विनियोजन भएको छ । उहाँले जग्गाको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । सेती नदी किनारको जग्गा हो उहाँले भन्नुभयो, ‘अघिल्लो वर्ष पूर्वपटटीको भाग कटान भएको थियो यस वर्षको वर्षाले पश्चिम तर्फको भाग धेरै कटान गरेका कारण त्यसको संरक्षणका लागि कंक्रिटवाल बनाउने र जग्गा संरक्षण गर्नुपर्ने खाँचो छ ।’

नदीको कटानलाई जोगाउन पोखरामहानगरपालिका वडा नं २९ र ३३ संग सिमा जोडिएको छ । जग्गा संरक्षणपछि टेण्टर गछौ उपसचिव काफ्लेले भन्नुभयो, जग्गा संरक्षणका लागि गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयसंग छलफल र सल्लाहका क्रममा रहेको बताउदै यस वर्ष जग्गा संरक्षण र तटबन्धको लागि काम गरिने बताउनुभयो । विआरएस सोलुसन इन्जिनियरिङ्गले डिपिआर गरेको हो । वातावरणिय प्रभाव मुल्याकंनका लागि पनि काम अघि वढाइने उपसचिव काफ्लेले बताउनुभयो ।

भिडियो र्हेन यहाँ क्लिक गर्नुहोस https://www.facebook.com/watch/?v=1252576998473957

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...