पोखरा न्यूरोडको मोबाइल पसलमा चोरी

पोखरा, असोज १७ गते । पोखराको न्यूरोडमा रहेको आइफोन मोवाईल पसलमा चोरी भएको छ । शनिबार विहान साँढे तीन बजे सटरको ताला फोेडेर मोबाइल चोरी गरेको प्रहरीेले बताएको छ । राती साँढे तीन बजे सटरमा लगाएको दुई ओटा ताला फुटाएर चोरले पसलबाट दश वटा पुृरानो मोबाइल लगेको सञ्चालकले जानकारी दिनुभयो ।

राती चोर सटर फुटालेरभित्र छिरेपछि स्थानीयले थाहा पाएपछि चोरलाई लेखेटेका थिए । सटर खोलेको देखेर म आएर सोधे प्रत्यक्षदर्शी गोविन्दले भन्नुभयो म यहीको स्टाफ हो भन्यो, नजिकैको घरको छतबाट हैन त्यो चोर हो भनेपनि लेखेटे तर साथ दिने कोही भएनन् ।

मोबाइल पसल नजिकै जोडिएको घर र अगाडी रहेको अर्को घरमा बस्ने ब्यक्तिले थाहा पाएका थिए । उनीहरुले न्यूरोडको पाँच सय मिटर लखेटेका थिए । चोरी बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...