महिलाले किन सम्भोग गर्छन् ? केही आश्चर्यजनक कारणहरु

Picture source:askmen

महिलाले पुरुषसँग सम्भोग किन गर्छन् ? आफ्नो वैवाहिक जिवनलाई शान्त पार्न वा टिकाउन या विनाकारणको टाउकोदुखाइ बाट मुक्ति पाउन । महिलाहरुका लागि सम्भोगको कारणमा रोमान्स तथा आनन्द र इच्छा निकै पछाडि पर्दछन् । धेरैलाई आश्चर्य लाग्न सक्छ । तर महिलाहरुमा भएको अध्ययनका आधारमा तयार भएको एक पुस्तकले यस्तै भन्छ ।

अमेरिकाको टेक्सास विश्वविद्यालयका मनोविज्ञान विषयका प्राध्यापक सिन्डी मेस्टन र डेभिड बोसले लेखेको किताब ‘ह्वाइ वुमन ह्याभ सेक्स’ मा झण्डै २ सय कारणहरुलाई हाइलाइट गरिएको छ । यो किताब लेख्ने क्रममा शेाधकर्ताहरुले गरेको अनुसन्धानका क्रममा एक महिलाले यो सम्म स्विकार गरेकी छिन् की उनले यसकारण सेक्स गर्छिन् ता की उनको श्रीमानले आफ्नो विर्य बाहिर निकाल्न पाओस् ।

अनुसन्धानले धेरै पुरुषहरुलाई महिलाहरु कामुक लाग्ने देखाएको छ । तर महिलाहरुले भने पुरुषमा यस्तो कुनै कामुकता देख्दैनन् । अनुसन्धानका क्रममा १ हजार जना महिलाको अन्तरवार्ता समेत लिइएको थियो, जसमा महिलाहरुले आफ्नो पुरुष यौनसाथी सँग ओछ्यान तताउने विभिन्न सयौँ कारण बताएका थिए ।

एकजना महिलाका अनुसार उनले आफुमा आध्यात्मिक भावनाको विकाश गर्नका लागि लोग्नेसँग सम्भोग गर्छिन् । सेक्सले इश्वरलाई निकै नजिकबाट महसूस गराउने दाबी उनको छ । अर्की एक महिलाले भने आफ्नो टाउको दुख्ने समस्या वा माइग्रेनबाट मुक्ति पाउनका लागि सेक्स गर्ने गरेको बताएकी छिन् ।

८४ प्रतिशत महिलाले आफ्नो वैवाहिक जिवन तथा घर संसारलाई टिकाउन र शान्ति कायम राख्नका लागि नै सम्भोग गर्ने गरेको बताएका छन् ।
केही महिलाका सम्भोग गर्ने कारण निकै विचित्र थिए । कतिले पुरुषप्रति दया जागेर सम्भोग गरेको बताए भने कतिले आफ्नो स्वार्थपूर्तिका लागि सम्भोगको उपयोग गरेको बताए- पैसा वा बहुमुल्य वस्तु हासिल गर्न ।

सर्भेक्षणमा सहभागी मध्ये १० जना महिलाले पुरुषबाट उपहार लिएको, डिनरमा खर्च गरेको वा केही किनिदिएका कारण त्यसको पैँचो तिर्न सम्भोग गरेको बताए । कतिले आफ्नो यौनिक प्रदर्शन सुधार गर्न तथा यौन सीप बढाउन समेत सम्भोग गरेको बताएका छन् ।

सर्भेक्षणमा सहभागी मध्ये ६० प्रतिशत महिलाले आफुले यस्तो केटासँग पनि सम्भोग गरेको स्विकार गरे जो आफ्नो ब्वायफ्रेड थिएन ।

अध्ययनबाट यो कुरा पनि पत्ता लागेको छ की महिलाहरुले अग्लो, दमदार आवाज भएको तथा जिउबाट लठ्ठाउन बासना आउने पुरुषतर्फ आकषिर्त हुन्छन् । एजेन्सी

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...