जिन्स पाइन्टमा किन हुन्छ ठूलो सँगै सानो गोजी ? दैनिक जिवनका ४ रोचक तथ्य र वास्तविकता

हाम्रो जिवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई हामी हरेक दिन देखे भोगको हुन्छौँ तर त्यस्तो कुरा तथा घटना हुनु पछाडिको कारण कहिल्यैपनि जानेका हुँदैनौँ र जान्ने कोसिस पनि गर्दैनौँ । हाम्रो दैनिक जिवन सँग सम्बन्धित केही रहस्य तथा तथ्य र त्यसमा लुकेको गुह्य वास्तविकता यस्ता छन्ः

जिन्स पाइटको अगाडि पटि्टको गोजी माथि एउटा सानो गोजी हुन्छ र उक्त गोजीको दुबैपटि्ट बटन पनि हुन्छन् । यस्ता साना पकेट सिक्का राख्नका लागि होला भन्ने ठान्छौँ हामी । तर होइन । वास्तवमा १९ औँ सताब्दीमा गाइ गोठाला अर्थात् काउब्वाइज र सुनखानीमा काम गर्ने कामदारको घडी पकेट वाच राख्नका लागि यस्तो सानो गोजीको डिजाइन गरिएको हो । पहिले जिन्स पाइन्ट धेरैजसो श्रमिकहरुले लगाउँथे । कामदारहरुले काम गर्दा जिन्स पाइन्टको गोजी च्यातिने समस्या धेरै हुन्थ्यो । त्यसैले पाइन्टका गोजीलाई मजबूत बनाउनका लागि गोजीको दुबै कुनामा बटन हाल्ने चलन चलेको हो ।

कपडाको जुत्तामा किन राखिन्छ अतिरिक्त प्वाल ?: कहिलेकाहीँ तपाइँलाई पनि अचम्म लाग्दो हो आखिर किन कुनै जुत्तामा साइडमा अतिरिक्त प्वाल राखिएको हुन्छ ? ती प्वाल कुनै तुना छिराउनका लागि बनाइएको होइन । जुत्तामा हावाको भेन्टिलेसनका लागि अतिरिक्त प्वाल बनाइएको हो । जसका कारण जुत्ताभित्रको खुट्टासम्मै हावा छिर्दछ ।

ताप्केको बिँडमा किन प्वाल हुन्छ ?: ताप्केको बिँडमा टुप्पोमा प्वाल हुन्छ । यसरी बिँडको प्वालको काम केवल ताप्के झुण्डाउनका लागि मात्र होइन । पकाउने बेला डाडु पन्यू घुसारेर राख्नका लागि पनि यसको प्रयोग हुन्छ ।

कि बोर्डमा एफ र जे अक्षरको की मा किन सानो लाइन हुन्छ ?:  टाइप गर्ने बेला दुबै हातका गरी १० वटा औँला राखिने की हरु मध्ये एफ र जे अक्षरको की मा चोर औँला पर्दछन् । त्यसैले कि बोर्ड नहेरीकन टाइप गर्दा समेत औँलाहरु सही की मा परुन् भन्नका लागि एफ र जे की मा केही उठेको सानो लाइन राखिएको हुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...