कास्की जिल्ला टेनिस संघको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

सागका पदक विजेता सहित अन्य खेलाडीलाई सम्मान

पोखरा, असोज १७ गते । कास्की जिल्ला टेनिस संघले १३ औ दक्षिण एशियाली खेलकुद(साग)मा पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।

संघले आफनौ छैटौँ वार्षिक साधारण सभाको अवसरमा शनिबार पोखरा रगंशालाको टेनिस कमप्लेक्समा आयोजित कार्यक्रममा टिम इभेन्टतर्फ कास्य पदक विजेता खेलाडीद्धय प्रदिप खड्का र नविन पाईजा मगरलाई सम्मान गरेको हो । टेनिसले नेपालको इतिहासमा पहिलो पटक सागमा पदक जितेको हो ।


खड्का र पाइजालाई नगद दश÷दश हजार, खादा, ट्रफि सहित सम्मान गरेको हो । त्यस्तै संघले राष्ट्रिय तथा जिल्लास्तरीय प्रतियोगिताका विजेता खेलाडीहरु खेलाडी गोपि भट्टराई, धर्मसिंह लामिछाने, शरण गुरुङ, समीर शेरचन, अनिल तुलाचन, लक्ष्मीप्रसाद गुरुङ, विष्णुप्रसाद गुरुङ, वसन्त प्रधान, राजु गुरुङ, नवीन श्रेष्ठले,शोगात, न्याहलजंगबहादुर थापा, दसिल श्रेष्ठ, सृजन भट्टराई, शाश्वत बज्राचार्य, सृष्टिका उदास,श्रेया भट्टराई, निरज गुरुङ, स्पन्दन उदास, राजेन्द्र महर्जन, सुबरम सापकोटा, दोजे लामा, अनिल शाही र पत्रकार केशब पाठकलाई समेत सम्मान गरेको छ । सम्मानित सवैलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठ, टेनिस संघका केन्द्र्रीय उपाध्यक्ष विनोद कायस्थ, एनआइसी एशिया बैकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्मा, जिल्ला अध्यक्ष दोर्जे लामा लगायतले खाला लगाएर सम्मान गर्नुभयो ।


यसअघि कास्की जिल्ला टेनिस एशोशियसनको छैटौं बार्षिक साधारणसभाको उद्घानटन गदै राखेप सदस्य सम्पन्न श्रेष्ठले टेनिस खेललाई व्यवसायीकरण गर्नुपर्नमा जोड दिनुभयो । पोखरामा टेनिसले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरेर खेलाडी उत्पादनमा महत्वपूर्ण भुमिका खेलेको बताउदै भन्नुभयो, सवै भन्दा अग्लो स्थान अन्नपूर्ण गाँउपालिकाको छोमरोङमा टेनिस कोर्ट निर्माण भैरहेको बताउनुभयो । युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोगमा उक्त कोर्ट निर्माण भैरहेको र त्यहाँ पुग्ने पर्यटकहरुलाई समत आकर्षण हुने बताउनुभयो ।


नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थले टेनिसले खेलले संस्थामा आर्थिक सुशासन कायम गदै खेलको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण भुमिका खेलेको स्पष्ट पार्नुभयो । पोखरा रंशालामा आठ वटा टेनिस कोर्ट निर्माणको योजना भएपनि सात वटा बनेको भन्दै अन्य पूर्वाधारका कार्यलाई अगाडी बढाउने बताउनुभयो । कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरी, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष लोक गुरुङ, टेनिस प्रशिक्षक कृष्णराज घले लगायलते टेनिस खेलको विकास र गतिविधि बारे बोल्नुभएको थियो । कार्यक्रममा टेनिस संघ कास्कीका सचिव नवीन चालिसेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संघ कास्कीका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...