लागूऔषध सहित एक पक्राउ

पोखरा, असोज १७ गते । लागुऔषध सहित प्रहरीे एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार चार बजेको समयमा पोखरा महानगरपालिका–१९ जैमुरे बस्ने वर्ष २१ का समिर गुरुङलाई पक्राउ गरेको हो ।

लागूऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाको आधारमा गएको प्रहरीीले गुरुङको घर नजिकै उनको साथमा रहेको झोला चेकजाँच गर्दा लागूऔषध बरामद गरेको थियो । प्रहरीले उनको साथबाट नुरफिन ७ पिस,फेनरागन ७ पिस,डाइजापाम ७ पिस,गाँजा १६ वटा रोल (अन्दाजी३५० ग्राम) बरामद गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...