समाजको यथार्थ बोल्ने घेरो सार्वजनिक

पोखरा, असोज १७ गते । कोरोना कहरले समाजमा फरक खालको घेरो सृजना गरेको छ । जुन घेरोले समाजका फरक वर्गबीचविभेदको खाडल झन् बढाएको छ । यस्तै कथामापोखराकाफिल्मकर्मी नेत्र गुरुङले छोटो फिल्मनिर्माण गरेका छन् ।फिल्मको नामनै ‘घेरो’ राखेर उनले कोरोना कहर, लकडाउनको असर र समाजमात्यसको प्रभाव देखाउनखोजेका छन् । विशेषगरि एउटा अबोध बालकको मनोविज्ञानमार्फत समाजको यथार्थ उनले फिल्ममा पस्केका छन् ।

लकडाउन भएसँगै पोखरामा रहेर समाजकाविभिन्न पाटोहरुलाई समेटेर छोटो फिल्मनिर्माण गर्दै आएका नेत्रको यो पछिल्लो कामहो । निम्नवर्गको विपन्न परिवारमा जन्मिएर हुर्केको एउटा बालकले कोरोनाबाट बच्नकालागि एउटा मास्कप्राप्त गर्ने सँघर्षको कथा नै घेरोको मुलकथाहो । यद्यपिफिल्मले समाजको यथार्थलाई पनिउत्तिकै गहिरो रुपमा देखाउनखोजेका छ ।

‘लकडाउनले समाजमा एउटा छुट्टै घेरो निर्माण गरेको छ र त्यही घेरोले मानिसहरुबीच फरक छुट्याएको छ ।’फिल्मकानिर्देशक नेत्र गुरुङले भने–‘मेरा अघिल्ला लकडाउनसम्बन्धि फिल्महरुको तुलनामा यो फिल्मलाई केही फरक रुपमाभन्नखोजेको छु । बालकको मनोविज्ञानमार्फत समाजको यथार्थलाई मैले देखाउनखोजेको छु ।’फिल्ममाउनले व्यवसायिककलाकारहरुभन्दापनि समाजकै ‘रियल लाइफ’चरित्रहरुलाई अभिनय गराएका छन् ।

कास्कीको ढिकुरपोखरीमा छायाँकन गरिएको फिल्ममातितस केसी मूख्यभुमिका छन् । फिल्मअभिनयतितसकालागि नौलो कुरा थियो । उनको यो पहिलो फिल्महो । ढिकुरपोखरी गाउँकै स्थानियतितसको अभिनयअहिले धेरैले रुचाएका छन् । फिल्ममाउनीसँगै राजेन्द्र अधिकारी, विजयअधिकारी, उर्मिला केसी र कर्णबहादुर पुन देखिएका छन् । उर्मिला र कर्णबहादुरका लागिपनिफिल्मअभिनयपहिलो अनुभवहो ।

फिल्म घेरो नेत्र इन्टरटेनमेन्टको अफिसियल युट्युबच्यानलमार्फत सार्वजनिकभएको हो । फिल्मलाई छोटो समयमै उत्कृष्ट प्रतिक्रियामिलेको छ । फिल्मलाई प्रकाश गुरुङ ‘काश’ले खिचेका हुन् । विकास ताम्राकारले ड्रोन सट खिचेका हुन् भने फिल्मको रंग सँयोजन किरणराजथापाले गरेका हुन् । फिल्मको ब्याकग्राउण्ड स्कोर बिनोद रसाईलीले गरेका हुन् भने पब्लिसिटी डिजाइन सबिन गायकको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...