राष्ट्रपति भण्डारीले गरिन् ट्रम्पको स्वास्थ्यलाभको कामना

काठमाडौं, असोज १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । ट्रम्प दम्पतीलाई शुक्रबार कोरोना संक्रमण भएको थियो ।

भण्डारीले ट्रम्पलाई एक सन्देश पठाउँदै शीघ्र लाभको कामना गरेकी हुन् । आफ्नो सन्देशमा भण्डारीले कोभिड–१९ लाई नियन्त्रण गर्नका लागि ठोस कदमहरु चाल्नुपर्नेमा जोडसमेत दिएकी छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...