मुसहर र सुकुम्बासी बस्तीमा ३ लाख ३० हजार सहयोग बितरण

पोखरा, असोज १८ गते । बुद्धिष्ट कम्युनिटी लण्डन शाखाकी आमा समुह अध्यक्ष, युवा समाजसेवी अन्तिम गुरुङको विशेष पहलमा शनिबार नेपालको पुर्बी नवलपरासीको मुसहर नयाँ बस्तीका ६५ घर परिवारलाई राहत सामग्री बितरण गरिएको छ । दशै आगमनको पुर्वसन्ध्यामा कावासोती १३, मुसहर बस्तीमा राहत सहयोग वितरण गरिएको हो।

कोभिड १९ कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त भइरहेको बेला जन्मभुमि नेपालका विपन्न क्षेत्रमा महान चाड दशैको बेलामा चुल्हो ननिभोस्, खुशीका साथ दशै मनाउन भनि युकेका ४३ जना सहयोगीहरुको सहयोगले १ लाख ६० हजार रुपैया बराबरको चामल, दाल, तेल, नुन राहत वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा बोल्नुहुँदै कावासोती १३ का वडा अध्यक्ष बिनोद राना मगरले विदेशीभुमिबाट राहत संकलन गरी आफ्नो वडामा रहेको विपन्न समुदाय बसोवास गर्ने मुसहर बस्तीमा राहत पठाएकोमा सहयोगीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। अति बिपन्न मुसहर समुदाय बन्दाबन्दीका कारण ज्याला मजदुरी गर्न समेत नपाउँदा भोकमरीकै अवस्थामा पुगेको अवस्थामा वडाको तर्फबाट केही पहल भएपनि त्यो पर्याप्त नभएको अवस्थामा राहत सामग्री पाउनु मुसहर समुदाय र सिँगो वडाको लागि पनि खुशीको कुरा भएको बताउनुभयो।

कोरोना महामारीका कारण ज्याला मजदुरी गर्न नपाएकोले मुसहर बस्तीमा भोकमरीको अवस्थामा राहत सामग्री पाउँदा आफुहरु अत्यन्त खुशी भएको समाजसेवी एवम् कावासोती १३ का वडा सदस्य एवम् नगरपालिका सदस्य कलिया मुसहरको भनाई थियो।

राहत बितरण कार्यक्रमको संयोजन गर्नुभएका बुद्धदर्शन टेलिभिजनका प्रबन्ध निर्देशक तथा समाजसेबी रुद्र बहादुर गुरुङले दुख समस्या परेको बेलामा सहयोग गर्नु मानव धर्म भएको बताउनुभयो । यतिखेर बिश्व नै कोरोना महामारीले आक्रान्त भएको अवस्थामा भएकोले नभएकालाइ सहयोग गर्नु सबैको कर्तब्य भएको उहाँले बताउनुभयो ।

दुख परेको अवस्थामा सबै मिलेर मानबीय सहयोग गर्नुपर्ने बताउनुभयो ।उहाँले सहयोगका लागि विशेष पहल गर्नुहुने बुद्धिष्ट कम्युनिटी सेन्टर लण्डनकी आमा समुह अध्यक्ष तथा युवा समाजसेवी चेली अन्तिम गुरुङ, सहयोगीहातहरु, पोखरा निवासी तमु धिं नेपालका उपाध्यक्ष तथा कास्की आवाजका सम्पादक हुमबहादुर तमुलाई आभार समेत प्रकट गर्नुभयो । आगामी दिनमा पनि यथासक्य सहयोग गरिने र यस्तो कार्यमा सरिक हुन सबैलाई उहाँको आग्रह थियो ।

यसैविच काठमाडौं सुकुम्बासी बस्तीमा पनि बुद्धिष्ट कम्युनिटी सेन्टर लण्डनकी आमा समुह अध्यक्ष, युवा समाजसेवी अन्तिम गुरुङको विशेष पहलमा शनिबार दशै राहत सहयोग वितरण गरिएको छ। रिम्पोछे मुन्सेल गुरुको विशेष व्यवस्थापन सहयोगमा १ लाख ७० हजार बराबरको चामल, दाल, तेल, नुन वितरण गरिएको बताइएको छ।

मुसहर र सुकुम्बासी बस्तीमा दशै राहत सहयोग वितरणका लागि युकेका सहयोगदाताहरु निम्न रहेको छ। सहयोगदाताहरुमा श्रीमान÷श्रीमती खुशीमान गुरुङ (लण्डन)२२० पाउण्ड, खेन्पो निमा सिंघ गुरु १५० पाउण्ड, हङकङ फ्रेन्डस १०३ पाउण्ड, श्रीमती अन्तिम गुरुङ (लण्डन)१०१ पाउण्ड, श्रीमान रमेश, अमृत गुरुङ (नेपाली बिल्डर्स प्रा.लि.)१०१ पाउण्ड,श्रीमान सोनु गुरुङ (हङकङ)१०१ पाउण्ड, श्रीमान् श्रीमती संजय गुरुङ (हङकङ)१०१ पाउण्ड, श्रीमान÷श्रीमती सपन राई (सपन इन्टरटेन्मेन्ट)१०१ पाउण्ड, श्रीमान÷श्रीमती किरन गुरुङ(अल्डरसट)५५ पाउण्ड, श्रीमान÷श्रीमती जगत गुरुङ (लण्डन)५१ पाउण्ड, श्रीमान÷श्रीमती प्रकाश गुरुङ (लण्डन)५१ पाउण्ड, शाह श्री (लण्डन)५१ पाउण्ड, श्रीमान÷श्रीमती हिमाल गुरुङ (टनब्रिज) ५१ पाउण्ड, श्रीमान्÷श्रीमती मदन गुरुङ (लण्डन)५१ पाउण्ड, श्रीमान÷श्रीमती सुक गुरुङ (अल्डरसट) ५१ पाउण्ड, बि.सी.सी.लण्डन (आमा समुह)५१ पाउण्ड, श्रीमती पुनम गुरुङ (एनआरएन युके अध्यक्ष) ५० पाउण्ड, सूर्य गुरुङ (पिपल मोर्गेज)५० पाउण्ड, श्रीमान÷श्रीमती ईश्वर गुरुङ (लण्डन) ५० पाउण्ड रहेको छ। यसरी नै राहतका लागि बिना लिम्बु (लण्डन)४० पाउण्ड, मेजर खुशीमान गुरुङ÷श्रीमती उर्मिला गुरुङ (बेजिङस्टोक)३७ पाउण्ड,श्रीमान÷श्रीमती बेन गुरुङ (लण्डन) ३५ पाउण्ड, श्रीमान÷श्रीमती धन गुरुङ (मेडस्टोन)३५ पाउण्ड, सृजना,गुरुङ (स्टनवेल)३५ पाउण्ड, मोहन जंग गुरुङ (लण्डन)३१ पाउण्ड, मेजर हितमान÷कल्पना गुरुङ (केम्बर्ली)३० पाउण्ड, बि गुरुङ (लण्डन)३० पाउण्ड, श्रीमान÷श्रीमती कमल गुरुङ (अल्डरसट)३० पाउण्ड, श्रीमान्÷श्रीमती विष्णु गुरुङ (लण्डन)२५ पाउण्ड, दया गुरुङ (रिडिङ) २५ पाउण्ड, मिरा तामाङ (लण्डन)२१ पाउण्ड, पुनम गुरुङ (लण्डन)२१पाउण्ड, श्रीमान्÷श्रीमती इन्द्र गुरुङ (अल्डरसट)२१ पाउण्ड, पूर्ण माया गुरुङ (लण्डन)२१ पाउण्ड, श्रीमान्÷श्रीमती राज गुरुङ (लण्डन)२१ पाउण्ड, श्रीमान÷श्रीमती नवीन गुरुङ (बेजिङस्टोक)२० पाउण्ड, श्रीमती अमृता तथा परिवार (लण्डन)१० पाउण्ड, श्रीमती बट्टु माया गुरुङ (लण्डन)२१ पाउण्ड,रेनु गुरुङ (लण्डन)२१ पाउण्ड, जीतमान गुरुङ (यु.ए.ई)नेपाली१० हजार रुपैया, बिनु घले (लण्डन) नेपाली १० हजार रुपैया, श्रीमान÷श्रीमती मानसिङ गुरुङ (लण्डन)नेपाली १० हजार रुपैया र श्रीमान÷श्रीमती दिल÷इन्द्र गुरुङ (बेजिङस्टोक)२० पाउण्ड सहयोग गर्नुभएको सामाजिक अभियन्ता अन्तिम गुरुङले जानकारी दिनुभयो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...