जरोटुप्पोमा इन्द्र–हुमा स्मृति वाङ्मयकोष स्थापना

पोखरा, असोज १८ गते ।जरोटुप्पो संरक्षण साहित्य समाज नेपालमा इन्द्रहुमा स्मृति वाङ्मय कोष स्थापना भएको छ ।इन्द्रहुमा परिवारका छोरी सीताकुमारी जिसीको मनोकामनामा इन्द्रहुमाका नातिद्वय सविन र अश्विन नातिनीबुहारी सुमित्रा र कल्पना जिसीको पहलमा उक्त कोष स्थापना भएको हो ।

इन्द्रहुमा परिवारका नातिरत्न सविन जिसीले एक कार्यक्रम बीच संस्थाका महासचिव मदन भण्डारीलाई एक लाख ११ हजार एक सय ११ नगद हस्तान्तरण गर्नुभयो ।उक्त कोषको व्याजबाट हरेक दुई वर्षमा पुरस्कार अर्पण गर्ने विनियम तय गरेको जरोटुप्पोका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

पुरस्कार संस्थाको घोषित नीति अनुसार देशभक्ति, राष्ट्रिय एकता र साहित्यको उन्नयनमा गण्डकी प्रदेशमा क्रियाशील प्रतिभालाई १० हजार एक सय १० राशिसहित प्रदेश पुरस्कार अर्पण गरिने संस्थाका प्रवक्ता ताराबहादुर गुरुङले जानकारी गराउनुभयो ।सविन जिसी संरक्षण र जरोटुप्पो संरक्षण साहित्य समाज नेपाल सञ्चालक रही स्थापना भएको उक्त कोष व्यवस्थापनमा संस्थाका अध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरमा मुद्दती निक्षेपमा खाता सञ्चालन गरिएको कोषाध्यक्ष असफल गौतमले जानकारी दिनुभयो ।

जनकविकेशरी धर्मराज थापाका गीतबाट प्रभावित इन्द्रहुमा दम्पत्तिले सामाजिक सुव्यवस्था र साहित्यको उन्नतिमा उल्लेख्य योगदान गरेको पाइन्छ । गीताप्रेमी इन्द्रहुमा सस्वर रामायणवाचनमा टोलछिमेकमा नमुना जोडा थिए । त्यस क्षेत्रको वालन नाँचलगायत सांस्कृतिक उन्नयनमा पनि योगदान रहेको जिसी परिवार बताउनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...