केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन चिकित्सक संघको माग

काठमाडौं, असोज १८ गते । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न ७२ घण्टाभित्र वार्ता टोली गठन गर्न सरकारलाई अल्टिमेटम दिएको छ । आइतबार विज्ञप्ति जारी गरी संघले केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको माग गरेको छ ।

‘७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा। केसीको जीवन रक्षाका निम्ती कुनै पहल अगाडि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघले जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ’ संघका महासचिव बद्री रिजालले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखी भदौ २९ गतेदेखि डा। गोविन्द केसी आमरण अनशन बसे पनि सरकारले उहाँको मागको विषयमा आइतबार २१ औं दिनसम्म चासो नदिएको भन्दै संघले यस्तो चेतावनी दिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...