हार्टको रेविज भ्याक्सिन कार्यक्रम जारी

पोखरा, असोज १९ गते । हिमालय एनिमल रेस्क्यू टीम (हार्ट)ले सुरु गरेको सप्ताहाव्यापी रेविज भ्याक्सिन कार्यक्रम पोखरामा जारी रहेको छ ।विश्व रेविज विरुद्धको दिवसदेखि सुरु भएको सप्ताहाव्यापी अभियान जारी रहेको संस्थाका अध्यक्ष चित्रराज बरालले जानकारी दिनुभयो । पोखरा महानगरको सहयोगमा जारी अभियानमा सडकमा भेटिने कुकुरहरुलाई रेविज विरुद्धको सुई लगाउने र घाइते अवस्थामा भेटिएका कुकुरहरुको उद्दार गरिरहेको संस्थाका अध्यक्ष बरालले बताउनुभयो ।


पोखराको वडा नं १७ बाट सुरु गरिएको अभियानलाई निरन्तरता दिँदै पोखरा महानगर भरिका सडक कुकुरलाई एण्टी रेविज भ्याक्सिन र घाइते कुकुरको उद्दार गर्ने योजनामा आफूहरु रहेको अध्यक्ष बरालले बताउनुभयो ।सडकमा भेटिने कुकुरहरुको टोकाईबाट रेविज मानिसमा पनि सर्ने संभावना र त्यस्ता कुकुरहरुलाई रेविज संक्रमणबाट जोगाउन संस्थाले यो अभियानलाई सञ्चालन गर्दै आइरहेको संस्थाका सदस्य राजु पौडेलले बताउनुभयो ।

अभियानमा संस्थाका संस्थापक जुलिएट कन्लीफ (यूके), संस्थापक अध्यक्ष दिव्यकुमार बराल, सल्लाहाकार रामकुमार श्रेष्ठ, उपाध्यक्ष प्रकाश बराल लगायत संस्थाका सदस्यहरुको सक्रिय सहभागितमा कार्यक्रम सञ्चालन भइरहेको संस्थाका सदस्य सागर बरालले जानकारी दिनु ।

अभियानमा भेट–टेक्निसियन मनोज पन्त, प्रविसा पुन र प्रेम चापागाईले प्राविधीक सहजिकरण गरिरहेका छन् । विशुद्ध सेवा मुलक गतिविधी गर्दै आइरहेको संस्थाले विगत १ दशकदेखी पशु स्वास्थ्य सेवा र उद्धारमा सक्रिय भुमिका निर्वाह गरेको छ ।
रेबिज विरुद्धको खोप विकास गरेका फ्रान्सेली रसायनशास्त्री तथा माइक्रोबायोलोजिस्ट लुइस पास्टरको निधन भएको दिनको सम्झनामा हरेक वर्ष २८ सेप्टेम्बर मा यो दिवस मनाइँदै आइएको छ । रेबिजका कारण विश्वमा वर्षेनी झण्डै ६० हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...