पोखरामा पेट्रोलियम भण्डारण क्षमता विस्तार प्रक्रिया सुरू

काठमाडौँ, असोज १९ गते । नेपाल आयल निगमले सातै प्रदेशमा भण्डारण क्षमता विस्तार गर्ने प्रक्रियास्वरूप गण्डकी प्रदेशको पोखरामा पाँच हजार किलोलिटर (केएल) पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन लागेको छ ।

त्यसका लागि गगनगौँडास्थित निगमको प्रादेशिक डिपोमा दुईवटा ठाडा ट्याङ्की निर्माणको प्रक्रिया अघि बढाइएको छ । टेन्डर मूल्याङ्कन गरी स्वीकृतिको अन्तिम तयारीमा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

निगमले नयाँ ट्याङ्कीमा डिजेल भण्डारण गर्नेछ । हाल भइरहेका तीनवटा डिजेल भण्डारणका ट्याङ्कीलाई पेट्रोल भण्डारणमा परिणत गर्ने भएको छ । गण्डकी प्रदेशमा हाल दुई हजार २८० केएल डिजेल र ३५० केएल पेट्रोल भण्डारण हुने गरेको छ ।

बजारको आवश्यकता र हरेक प्रदेशमा भण्डारण क्षमता वृद्धि गर्दै जाने सरकारको नीतिअनुसार गण्डकी प्रदेशमा भण्डारण क्षमता विस्तारको काम सुरु भएको उपाध्यायको भनाइ छ । दुई वर्षमा निर्माण सम्पन्न हुनेछ । निगमको जग्गामा निर्माण हुन लागेको सो भण्डारण निर्माणमा निगमले ७७ करोड रुपियाँ (भ्याटबाहेक) लगानी गर्ने भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...