पोखरा १६ बाट लागुऔषधसहित ५ जना पक्राउ

पोखरा, असोज १९ गते । कास्की प्रहरीले पोखरा १६ बाट लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ तुम्केस्थितमा बाटोमा हिँडिरहेको अवस्थामा १७ गते साँझ उनीहरुलाई पक्राउ गरिएको जिप्रकाले सोमबारमात्रै खुलाएको हो ।

‘पक्राउ परेकाहरुबाट डाइजापाम ७ एम्पुल, फेनेरागन ७ एम्पुल, बुर्फिनर्फिन ७ एम्पुल गरी जम्मा २१ एम्पुल र लागुऔषध गाँजा १ केजी २२३ ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ,’ प्रहरीले भनेको छ ।

निजहरुलाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत सम्मानित कास्की जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी सुवास हमालले जनाएका छन् ।

पक्राउ व्यक्तिहरुको विवरण :-

  • नाम : समिर गुरुङ

उमेर : २१ वर्ष

ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१६ जोगमणी

  • नाम : अथित गुरुङ

उमेर : २१ वर्ष

ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१६ जोगमणी

  • नाम : मोहित खवास

उमेर : २४ वर्ष

ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१६ बाटुलेचौर

  • नाम : मनोज बि.क.

उमेर : १८ वर्ष

ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१९

  • नाम : कुमार ठकुरी

उमेर : ३० वर्ष

ठेगाना : जिल्ला धादिङ सुनौलाबजार -६ घर भई हाल

जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१६ जोगमणी

 

पक्राउ सामानको विवरण :-

  • डाईजापाम – ७ एम्पुल
  • फेनेरागन – ७ एम्पुल
  • बुर्फिनफ्रिन – ७ एम्पुल
  • गाँजा – १ के.जी. २२३ ग्राम

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...