भतिजिलाई बलात्कार गरेको आरोप एक पुरुष पक्राउ

पोखरा, असोज १९ गते । आफनै भतिजिलाई बलात्कार गर्नेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । गत वर्ष आफनै भतिजि नाता पर्ने १४ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा र २१ वर्षिय पुरुषलाई कास्की प्रहरीले सलाहिबाट पक्राउ गरेको हो । गत वर्ष पुस २ गते राती आफ्नै भतिजी नाता पर्ने बालिकालाई घरमा कोही नभएको अवस्थामा डर धम्की दिई हाडनाता करणी गरेको कास्की प्रहरीले जनाएको छ ।

करणीपछि पिडित बालिकाको पेटमा गर्भ रहेको र गत भदौ २९ गते गते पिडितले छोरा जन्माएको भन्ने उजुरीका जाहेरीको आधारमा प्रहरी सर्लाही बस्ने वर्ष २१को पुरुषलाई शनिबार पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको समन्वयमा पक्राउ गरेको र कास्कीमा ल्याई अनुसन्धान प्रकृया अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका पुरुष बिरुद्ध हाडनाता करणी कसुरमा कास्की जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरी प्रवत्ता सुभाष हमालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...