राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट ८ लाख वचत

पोखरा, असोज १९ गते । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट करिब ८ लाख ९० हजार ९२१ रुपैयाँ वचत भएको छ । संघले गत वर्ष पुस १८ देखि २८ गतेसम्म नयाँ बजारस्थित प्रर्दशनी केन्द्रमा मेला आयोजना गरेको थियो ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आर्यब्यय सार्वजनीक गरेको हो । संघका अध्यक्ष दामु अधिकारीका अनुसार संघले प्रवेश टिकटबाट १५ लाख ३१ हजार तथा विभिन्न शीर्षकमा भएका प्रायोजक लगायतका स्रोतबाट ८२ लाख ९२ हजार ४०० गरि ९८ लाख २३ हजार ४०० आम्दानी गरेको थियो । सबै खर्च कटाउँदा वचत रकम कम भएको उहाँले जानकारी दिनुभयो । संघले वचतको लागि मेला आयोजना नगरेको प्रष्ट पार्दै अध्यक्ष अधिकारीले उद्यमशीलता विकास तथा उपभोक्ता र उत्पादकलाई एउटै थलोमा भेट गराउनु मेलाको उदेश्य भएको जिकिर गर्नुभयो ।

उहाँले कोरोनाका कारण आम्दानीका हिस्सा अझै संघको खातामा नआएको जनाउँदै भुक्तानी पनि फरफारक हुन नसकेको प्रष्ट पार्नुभयो । संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले मेला र महोत्सवको प्रवर्तक संघले कोरोना कहर सकिनासाथ मेलाको आयोजना गर्ने जानकारी दिनुभयो । कोरोना कहर नसकिएकोले सुरक्षित रहँदै व्यवसाय गर्न उनले व्यवसायीहरुसँग आग्रह गर्नुभयो । संघका महासचिव अर्जुन पोखरेलले लामो इतिहास बोकेको पोखरा उद्योग वाणिज्य संघ व्यवसायीको हकहितको अलावा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको स्मरण गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...