शरीरमा यस्तो लक्षण देखिए हुनसक्छ ‘ब्लड क्यान्सर’

 मानव शरीर कोषिकाहरुले बनेको हुन्छ । जन्मिदा हामी साना थियौँ । कोषिकाहरु बढ्दै गएर हामी ठूलो हुन्छौँ । जिवित प्राणीहरुमा कोषिका बढ्ने क्रम जारी हुन्छ । तर धेरै बढ्नु क्यान्सर हुनु हो ।

कोषिकाहरु सय, हजार, लाख हुँदै बढ्दै जाने तर नियन्त्रण भएन भने त्यसलाई क्यान्सर भनिन्छ । क्यान्सर कुनै भाइरस इन्फेक्सन र वंशाणुगत पनि हुन्छ । कोषिकाहरु बढेर एकबाट अर्को ठाउँमा फैलिर्दै जानुलाई क्यान्सर भनिन्छ ।

क्यान्सर शरीरको जुन पनि भागमा हुनसक्छ । कान, गाला, हड्डी, छाती, रगत, स्तन, पेट जस्ता शरीरका अंगमा क्यान्सर हुनसक्छ ।

डब्लूबीसी अर्थात ह्वाइट ब्लड सेल्स बढ्दै गयो भने ब्लड क्यान्सर हुन्छ ।

ब्लड क्यान्सर हुनुअघि शरीरमा केही यस्ता लक्षणहरु देखिन्छन् । जसलाई समयमै चिन्न सकियो भने यसको उपचार सम्भब हुन्छ ।

सुरुवाती लक्षणहरुः

थकान महसुस
यदि ७र८ घण्टा निदाएर उठ्दा पनि थकान र आलस्य महसुस हुन्छ भने चिकित्सकको सल्लाह लिनुपर्छ । बिना परिश्रम थकान महसुस हुनु ब्लड क्यान्सरको सुरुवाती लक्षण पनि हुनसक्छ । साथै, शरीरमा रगतको कमिले पनि यस्तो हुनसक्छ ।

शरीरमा निलडाम
शरीरको कुनै अंगमा चोटपटक र ठक्कर नलागेको अवस्थामा पनि निलडाम देखिनु ब्लड क्यान्सरको लक्षण हुनसक्छ । ब्लड क्यान्सर वा ब्लड इन्फेक्सन भएको अवस्थामा यस्तो लक्षण देखापर्ने गर्छ । प्रायः शरीरमा प्लेटलेट्सको कमि भएमा रगतका थोपाहरु जम्न थाल्छन् र हात, गोडा र जाँघमा यस्ता निलडाम बढी देखिन्छन् ।

सास फुल्ने

हल्काफुल्का काम गर्दैमा सास फुल्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु ल्युकीमिया हुँदा देखापर्छ । रगत भएको इन्फेक्सनको कारण शरीरको क्षमता कम हुन थाल्छ । सामान्यताः एक स्वस्थ व्यक्ति १२ देखि १५ सिढीँ आरामले चढ्न सक्छ । तर ८ वा १० सिढीँ चढ्दा सास फुल्छ भने चिकित्सकको सल्लाह लिन अत्यन्तै जरुरी हुन्छ । यस्तो लक्षण ब्लड क्यान्सरका साथै कोलेस्ट्रोल र दमका लक्षण पनि हुनसक्छन् ।

ज्वरो आए जस्तो अनुभव
छिट्टै ज्वरो आउने, चिसो लाग्ने र निको हुने भाइरल हुनसक्छ । तर २ दिनसम्म औषधि उपचार गर्दा पनि वा निको हुने वित्तिकै ज्वरो आइहाल्ने अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ । ज्वरोसँगै जाडो अनुभव हुनु ब्लड क्सान्सरको लक्षण हुनसक्छ ।

सुतेको समयमा पसिना आउनु
राति सुतेको समयमा पसिना आउनु सामान्य कुरा होइन । पसिनासँगै दुर्गन्ध, अनुहार र काखीमुनि अत्यधिक पसिना आएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

अत्यधिक टाउको दुखाई
सामान्यतयाः टाउको दैनिक जीवनयापनका कारण दुख्ने गर्छ । माइग्रेन वा अन्य रोगका कारण पनि टाउको दुख्ने समस्या आउँछ । तर, टाउको अत्यधिक दुख्ने र टाउकोमा रहेको कुनै पनि अंगबाट रगत आएमा तुरुन्तै डाक्टरको सल्लाह लिनु पर्छ ।

दिसामा रगत, दुखाइ- आन्द्राको क्यान्सर
दिशामा रगत देखिने र दिसा लाग्ने समय परिवर्तन भएको भयै हुनु पनि राम्रो संकेत होइन । यसले पनि तपाइँको सानो आन्द्रामा क्यान्सर भएको संकेत गर्छ । दिशा गर्दा दुख्ने वा रगत देखिनु निक्कै घातक मानिन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...