पोखराका व्यवसायीको गुनासो‘पीडा कसलाई सुनाउँ, कोससंग बाँडौ’

‘व्यवसायीहरु प्लायन हुनुभएको छ,साँवा र ब्याँज कसरी बुझाउने भन्ने तनाब छ।’

पोखरा, असोज २० गते । पीडा कसलाई सुनाउँ । कोसंग बाँडौ भनेजस्तो भएको छ । मनको बह पोख्नकै लागि आज हामी विषमताबीच पनि हामीले यहाँहरुलाई निम्ल्याएका छौ यो भनाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीको हो ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका भोग्नु परेको पीडाबाट आफुहरु आक्रान्त भएको बताउदै भन्नुभयो, ‘कोरोना कहरको सुरुवा, लकडाउन,निषेधाज्ञा र अहिलेको परिस्थितिले हामीलाई दिएको पीडा कसलाई सुनाऔँ ।’ पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले भन्नुभयो, ‘कोरोनाका कारण लामो समयको लकडाउनले उद्योग व्यवसयामा पु¥याएको क्षतिले हामी प्रताडित बनेका छौ । अहिले लकडाउन र निषेधाज्ञा त खुलेको छ तर उद्योग,व्यसायले गति लिन सकेको छैन् ।’ कोभिड–१९ को संक्रमण हुने क्रम नरोकिएको र जनजीवन सामान्य नबन्दा यसको चौतर्फी प्रभाव व्यवसायीलाई परेको छ अध्यक्ष अधिकारीले भन्नुभयो, ‘कोभिडले सृजना गरेको विषमताकै वीच कतिपय व्यवसायीहरु प्लायन हुनुभएको छ । धेरै जसो व्यवसायीहरु बैंकबाट लिएको कर्जाको साँवा र ब्याँज कसरी बुझाउने भन्ने तनाबमा हुनुुहन्छ ।’

अध्यक्ष अधिकारीले पर्यटन र यातायात सहित सेवाका उद्योगहरु अझै गंग्रिने अवस्था नरहेको बताउदै उद्योगी, व्यवसायीहरुको छाता संगठन भएको नाताले पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुको हितका लागि निरन्तर सरोकारवाला निकायसंग पैरवी गरिरहेको बताउनुभयो । उहाँले ढलेका व्यवसाय उठान राज्यबाट सहयोगको टेको दिइ्योस भन्ने माग गरिहेको बताउदै नेपाल सरकारले आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीीत मार्फत घोषणा भएको राहत प्याकेजहरु वास्तविक पीडित व्यवसायीले पाउनुपर्छ भन्नुहुन्छ ।

राहतका लागि कार्यविधि सरलीकरण गरिनुपर्छ भन्ने मागलाई नेपाल उद्योग वाणिज्य महासंघ र महासंघ गण्डकी प्रदेश मार्फत सरोकारवाला निकायमा लविङ गरिरहेको बताउनुभयो । मौद्रिक नीतिले ल्याएको राहत प्याकेज सही कार्यान्वयन र बास्तविक ब्यवसायीसंग नआएको बताउनुभयो ।

अव ब्यवसाय कता जान्छ भन्ने अवस्था नरहेको बताउदै उहाँले भन्नुभयो, ‘गण्डकी प्रदेश सरकारले घोषणा गरेको १ अर्ब रुपियाँको व्यवसाय जीवन रक्षा कोष शीघ्र प्रयागमा ल्याउन हामीले माग गरिरहेका छौ प्रदेश सरकारको बजेट बक्तव्यमा घोषित कार्यक्रम संचालनका लागि अहिलेसम्म कार्यविधि बनेको छैन् । मृत्युपछिको ओखतीको काम हुदैन् । त्यसैले तत्काल कार्यान्वयनमा आउनुपर्छ ।’ प्रदेशको कोष घोषणको लागि मात्र बनेको हो भने एउटा कुरा हैन भने सो कोष तत्काल कार्यान्वयनमा ल्याएर व्यवसायीलाई पलायन हुनबाट बचाउनुपर्छ उहाँले भन्नुभयो, ‘हाम्रो माग यही हो । उद्योगी र व्यवसायी बाँच्नुपर्छ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...