महङगो भयो तरकारी

पोखरा, असोज २० गते । पोखरामा तरकारीको मुल्य आकासीएको छ । एक महिना यता तरकारीको मुल्य अस्वभाविक रुपमा बढेको छ । अहिले बजारमा गोलभेँडा केजीका एक सय, सिमि केजीको एक सय ७०, साग मुठाको एक सय पुगेको छ । पोखरामा प्याज किलोको एक सय तीस र आलु किलोको असि रुपैयाँमा विक्री भैरहेको छ । पोखराको न्यूरोडमा तरकारी किन्दै गर्नुभएकी सृजना रिजालले भन्नुभयो, ‘तरकारी खानै नसकिने भयो । मुल्यपनि कति बढेको हो ।’


विश्वब्यापी फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाले ब्यापार ब्यवसाय ठप्प छ गृहणी जानुका खड्काले भन्नुभयो, ‘तरकारीको मुल्य दैनिक बढेकोछ । किनेर खानपनि मुस्किल भयो । तरकारी किन्नेर खान पनि नसक्ने अवस्था आयो सुनिता गिरीले भन्नुभयो, ‘यस्तै अवस्था रह¥यो भने पानीसंग खानुपर्ने अवस्था आउला जस्तो छ ।’ सबै गृहणीहरुको एउटै चिन्ता छ भान्सा महङगो भयो कसरी ब्यवस्थापन गर्ने ? । बजारमा तरकारी महङगो किन भयो ? भन्ने जिज्ञासामा पोखरा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरिया भन्नुहुन्छ,‘ अहिलेको अवस्थामा तरकारीको मुल्यबद्धि स्वभाविक भएको बताउनुहुन्छ ।

‘स्थानीय उत्पादन कम छ । पानीले गर्दा पनि तरकारीको मुत्यबृद्धि भएको छ ।’ प्रमुख कडरियाका अनुसार तरकारीका लागि मौसम अनुकुल नभएको र विगतमा भन्दा धेरै पानी परेका कारण उत्पादनमा असर गरेको छ र बाटोहरु भत्केका कारण उत्पादित तरकारी बजारसम्म ल्याउन समस्या छ भन्नुहुन्छ ।

तरकारी भारतबाट आउदाँ सस्तो हुने गरेको बताउदै अहिले नेपालकै उत्पादन मात्रै भएकाले तरकारी महङगो भएको छ उहाँले भन्नुभयो । पोखरामा सामान्य अवस्थामा दैनिक २ सय मेट्रिक टन तरकारी खपत गरेको गरेको थियो भने अहिलेको अवस्थामा सय मेट्रिक टन तरकारी खपत हुने गरेको उहाँले जानकारी दिनुभयो ।

पोखरा महानगरमा लकडाउन अघि ३० प्रतिशत बजारमात्रै यहीको उत्पाद र ७० प्रतिशत बाहिरबाट आउने गरेको थियो भने अहिले ५० प्रतिशत स्थानीय उत्पादन र ५० प्रतिशत पोखरा भन्दा बाहिरका जिल्लाबाट ल्याइएको प्रमुख कडरियाले बताउनुभयो ।

पोखरा महानगरमा रहेको कृषि उपज बजार केन्द्रका योजना सहायक रुपा दाहाल तरकारीको मुल्यबृद्धि हुनुको कारण बर्खेतरकारीको सिजन सक्किने र हिउदे आउने अवस्था नभएकाले बृद्धि भएको बताउनुहुन्छ । अहिले पोखराका हेम्जा, पुम्दीभुम्दी, भरतपोखरी, कास्कीकोट, लेखनाथ, आर्वा लगायतका क्षेत्रमा ब्यवसायीक तरकारी खेती हुदैआएको छ भने बाहिरि पालुङ, धादिङ, काभ्रे, स्याङजाबाट तरकारी आउने गरेका छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...