कोभिड संक्रमण भए खोकी र ज्वरोभन्दा पहिले यी लक्षण देखा पर्न सक्ने

२१ असोज । श्वासप्रश्वासको अवस्थाका सबै लक्षणहरू देखाउने भएकोले कोभिड १९ लाई सुरुमा निमोनियाजस्तो रोगको रूपमा सोचिएको थियो ।

तर, कोभिडको विषयमा विभिन्न अध्ययनहरू हुँदै जाँदा यसले टाउकोदेखि पैतालासम्म सम्पूर्ण शरीरलाई असर गर्न सक्ने देखिएको हो । विभिन्न उमेर समूह, जाति र स्वास्थ्य अवस्थाका मानिसहरूमा भाइरस पूर्णरूपमा विचित्र तरिकाले प्रकट भइरहेको प्रष्ट देखिन्छ । कोरोना भाइरसको संक्रमण घाँटीमा खसखस, ज्वरो, खोकी र थकानबाट सुरु हुन सक्छ । तर, सबै मानिसहरूमा सधैं यस्तो हुन्छ भन्ने हुँदैन ।

अधिक व्यक्तिहरूले संक्रमण पुष्टि हुनअगाडी ज्वरो र खोकीभन्दा पनि टाउको दुख्ने, गन्ध वा स्वाद हराउनेसहितका लक्षण रिपोर्ट गर्दै आएका छन् । यी लक्षणहरूले कोभिड श्वासप्रश्वासको रोग मात्र नभई यसले बिरामीहरूमा सम्पूर्ण स्नायु प्रणालीमा आक्रमण गर्ने देखाएको छ ।

न्युरोलोजीको अन्नाल्समा प्रकाशित एक अध्ययनअनुसार सुख्खा खोकी, घाँटी खसखस वा ज्वरोबाहेक टाउको दुख्ने, रिँगटा लाग्ने, स्ट्रोक र सतर्कतामा कमीसहित न्यूरोलजिकल लक्षणहरू देखिएको बिरामीहरूको संख्या बढी छ । यसका साथै बिरामीहरूले गन्ध र स्वादको क्षति, ध्यान केन्द्रित गर्नमा कठिनाइ र मुर्छा पर्नुलगायतका अन्य न्यूरोलजिकल लक्षणहरू रिपोर्ट गरेको अध्ययनका अन्वेषकहरूले बताएका छन् ।

कोभिडको बताइएका लक्षणहरू देखा पर्नुभन्दा पहिले देखिने न्यूरोलजिकल लक्षणहरूको बारेमा बुझ्न अन्वेषकहरूले उत्तर पश्चिमी मेडिसिनका १९ कोरोना भाइरस बिरामीहरूको विश्लेषण गरेका थिए । नर्थवेस्टर्न युनिवर्सिटी फेनबर्ग स्कूल अफ मेडिसिनका न्यूरोलोजी प्राध्यापक तथा अध्ययनका प्रमुख लेखक इगोर कोरलनिकका अनुसार ज्वरो, खोकी वा श्वासप्रश्वास समस्याभन्दा पनि कोभिड संक्रमण सुरुमा न्यूरोलजिकल लक्षणहरूको साथ देखा पर्न सक्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...