यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका पछिल्ला निर्णयहरु (सूचीसहित)

२१ असोज–काठमाण्डौ उपत्यकामा कोरोना संक्रमणको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दशैं लगायतका चाडपर्व समेत आएको सन्दर्भमा उच्च सतर्कता अपनाउन आग्रह गर्नु भएको हो ।

मन्त्री ज्ञवालीले दशैं मनाउँदा जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र धेरै आवत जावत नगर्न पनि सरकारका तर्फबाट आग्रह गर्नुभयो । उहाँले जेष्ठ नागरिकको स्वास्थ्यका लागि आशिर्वाद बचाऔं भन्ने नारालाई पालना गर्न पनि अनुरोध गर्नुभयो ।

प्रवक्ता ज्ञवालीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सबै प्रकारका परीक्षा संचालनको अनुमति दिइएको जानकारी पनि दिनुभयो । त्यसैगरी शिक्षा सेवा आयोगमा रिक्त पदको सिफारिशका लागि समिति गठन गरिएको र विभिन्न मुलुककाअवैतनिक दूत र महाबाणिज्यदूतहरुको अवधी थप, नयाँ नियुक्ति र केहीलाई हटाउने निर्णय गरिएको जानकारी पनि दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...