दक्षिण एसियन राष्ट्रमा चौथो धेरै संक्रमित भएको देश नेपाल

२२ असोज । कोभिड १९ नेपालमा तीब्र रूपमा फैलिरहेको बेलामा संक्रमितको संख्यामा नेपालले एकै पटक तीन देशलाई उछिनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ४ हजार बढी कोरोना संक्रमण पुष्टि भएसँगै नेपालले संक्रमितको संख्यामामा स्वीडेन, ग्वाटेमाला र चेकियालाई उछिनेको हो ।

४३ सय ६४ जना कोरोना संक्रमित बढेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ, भने स्वीडेन, ग्वाटेमाला र चेकियामा क्रमशः संक्रमितको संख्या ९६ हजार ६ सय ७७, ९५ हजार ७ सय ४ र ९५ हजार ३ सय ६० रहेको छ ।

वर्ल्डोमिटरका अनुसार हाल विश्वको कोरोना प्रभावित मुलुकको सूचिमा नेपालले ४२ नम्बरमा पुगेको छ । साथै, नेपाल एसीयाली मुलुकमा १६ नम्बर र दक्षिण एसियाका राष्ट्रमध्ये चौथो धेरै संक्रमितहरू भएको देश बनेको छ ।

दक्षिण एसियन राष्ट्रमध्ये ६८ लाख ३५ हजार बढी संक्रमिसँगै पहिलो नम्बरमा भारत रहेको छ । त्यस्तै दोस्रोमा बाङ्लादेश (३ लाख ७४ हजार बढी संक्रमित) र तेस्रोमा पाकिस्तान (३ लाख १६ हजार बढी संक्रमित) रहेका छन् ।

त्यस्तै, पाचौँ, छैठौँ, सातौँ र आठौँ स्थानमा क्रमशः ३९ हजार संक्रमितसहित अफ्गानिस्तान, १४ हजार संक्रमितसहित माल्डिभ्स, ४ हजार संक्रमितसहित श्रीलंका र ३ सय संक्रमितसहित भुटान रहेकाे छ ।

नेपालमा कोरोनामुक्त हुनेको संख्या ७३ हजार ३ सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २६ सय ७५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । बिहीबार थप १२ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ५ सय ९० पुगेकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...