दुनियाँमा किन अशुभ मानिन्छ १३ नम्बर, यस्तो छ कारण

दुनियाँमा १३ अंकलाई अशुभ मानिन्छ । आखिर किन ? १३ नम्बरको रहस्य के छ ? मानिसहरु यो अंकको प्रयोग गर्नमै हिच्किचाउनुको कारण के छ ? अझ पश्चिमी देशहरुमा १३ अंक प्रतिको विकर्षण र त्रासले आम मानिसमा जरो गाडेको पाइन्छ ।

१३ नम्बरप्रति यस्तो भय सिर्जना हुनमा धेरै घटना तथा संयोगहरु छन् । ती संयोगहरुले यस्तो माहोल सिर्जना गर्‍यो कि मानिसहरु यो संख्याप्रति नै डराउन बाध्य भए ।

यशुमा विश्वास राख्ने मानिसहरुका अनुसार एकदिन यशुलाई रात्रीभोजमा सँगै रहेको एकजना मानिसले विश्वासघात गरेको थियो । संयोग कस्तो भने त्यो मानिस १३ नम्बर कुर्सीमा बसेको थियो । त्यसपछि सबै मानिसहरुले यो अंकलाई दुर्भाग्यपूर्ण मान्न थाले ।

कतिपय होटल तथा भवनहरुमा त १३ नम्बरको कोठा वा तेह्रौं तला नै नराखिएको पाइन्छ । फ्रान्समा त रेष्टुरेन्टहरुमा १३ नम्बरको कुर्सी नै नराख्ने चलन छ । इटालियन ओपेरा हाउसहरुमा पनि १३ नम्बरको प्रयोग सकेसम्म गरिँदैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...