हुलाक दिवसमा बृक्षारोपण

पोखरा, असोज २३ गते । हुलाक सेवा निर्देशनालय पोखराले प्रथम सेवा ग्राहीलाई कार्यालय परिसरमा स्वागत गरेर दिवस माएको छ ।

१३४ औ विश्व हुलाक दिवस तथा ५१ औ नेपाल हुलाक दिवसको अवसरमा मिलन दुलाललाइ निर्देशनालयका प्रमुख किर्तनराज पौडेलले स्वागत गर्नुभएको हो । दुलाल सेवाग्राहिको रुपमा हुलाक टिकट खरिद गर्नका लागी ठिक १० बजे कार्यालय पुग्नुभएको थियो । सोहि अवसरमा उहाँलाइ पहिलो सेवा ग्राहीको रुपमा सम्मान गरिएको प्रमुख पौडेलले जानकारी दिनुभयो ।

यसैगरि कार्यालयले सोहि अवसरमा कार्र्यालय सरसफाइ तथा वृक्षारोपण गरेको छ । कोभिडका कारण अन्य कार्यक्रमहरु गर्न नपाएको बताउदै प्रमुख पौडेलले हुलाक परिसरलाइ फुलवारीको रुपमा विकास गर्न धुपी लगायतका १०० वटा विरुवा रोपिएको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...