प्रकृतिमानव केन्द्रित जनअभियान पोखरामा श्यामलाल

पोखरा, असोज २४ गते । प्रकृतिमानव केन्द्रितजन अभियानको पोखरा महानगर स्तरीय भेला लेखनाथको वेगनास सुन्दरीडाँडामा सम्पन्न भएको छ । भेलाले श्यामलाल श्रेष्ठको अध्यक्षतामा जनअभियानको महानगर समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा चन्द्रबहादुर अधिकारी, सचिवमा अनुपप्रकाश पौडेल, कोषाध्यक्ष सीतादेवी पुन र सहसचिव विरेन्द्र ढकाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा रामप्रसाद लामिछाने, इन्द्रप्रसाद तिवारी, लक्ष्मण न्यौपाने, शिवराज सुवेदी, लेखनाथ ढकाल, हरिमाया न्यौपाने छन् । अन्य सदस्यहरुमा रुपा भुजेल, होमनाथ न्यौपाने, विष्ण गुरुङ्ग, दानबहादुर थापा, चन्द्र पाइजा, नारायण पुन, रामदेवी पुन, मायापुर्जा, खेम थापा, वर्षा थापा र सुर्यमान श्रेष्ठ चयन भएका छन् । भेलाले समितिका अन्य सदस्य आवश्यकताका आधारमा थपगर्दै जान सक्ने भन्दै महानगरका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गराउने समेत निर्णय गरेको छ ।

महानगर भेलाको अवसरमा आयोजित कार्यक्रममा प्रकृतिमानव केन्द्रित जनअभियानका निर्वतमान केन्द्रीय अध्यक्ष सन्तबहादुर घिसिङ्गले वातावरण, कृषि, पर्यटन लगायतका विभिन्न विषयमाथि प्रकाश पार्नुभयो थिए । उनले रसायनि कमलखाद, विषादी तथा हाइब्रिड खेतीको विकल्पमा स्थानीय प्रजातिका पशुपालन तथा सोबाट निर्मित मल र जैविक कृषि कार्यक्रममा जोड दिनआग्रह गरेका थिए । संस्थाका निर्वतमान केन्द्रीय महासचिव शिवआचार्यले जनअभियानका विविधपक्षबारे जानकारी दिएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...