पोखरामा जटिल संक्रमितलाई बेड अभाव हुन नदिन महानगरको प्रयास

दुई अस्पतालमा अक्सिजन पाइप र आवश्यक जनशक्तिको तीन महिनाकोे तलब महानगरले उपलब्ध गराउने

पोखरा, कात्तिक १७ गते । पोखरामा भेन्टिलेरको अभाव छ । कोरोना भाइरस संक्रमित विरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने अवस्था छैन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दश वटा बेड मात्रै आइसियू छ । त्यहाँ अहिले भरिएको छ । गण्डकी प्रदेश सरकारले लेखनाथमा बनाएको संक्रामक रोग अस्पतालमा समेत भौतिक पूर्वाधारको अभाव छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढदो छ । प्रदेशका ११ जिल्ला मध्य कोरोनाको ‘हटस्पट’ बन्दै गइरहेको पोखरा ।

जहाँ जटिल अवस्थाका संक्रमितलाई राख्न आईसीयू र भेन्टिलेटरको अभाव भएको छ । गण्डकी प्रदेशको राजधानी हो तर राजधानीको अनुभुति यहाँका नागरिकले गर्न पाएका छैनन् । समयमै उपचारको राम्रो प्रवन्ध हुने सकेको छैन् । कोरोना संक्रमणले अवस्था जटिल बनेको छ । प्रदेशले पोखराको लेखनाथमा सञ्चालन गरेको सरुवा रोग तथा संक्रामक अस्पतालमा आईसीयू नै छैन । आईसीयूका सामग्री, भेन्टिलेटर र जनशक्ति अभावम । कोरोना संक्रमितको उपचार गर्ने भनेर खोलिएकै अस्पतालमा भेन्टिलेर र आईसीयू छैन । अस्पतालले हाल ४८ बेडको आइसोलेसन चलाएको छ । पोखराकै मणिपाल, गण्डकी मेडिकल कलेज र चरक मेमोरियलमा बेड छैन् ।

उपचारका अभावमा नागरिकले ज्यान गुमानुपर्ने अवस्था सृजना भएको छ । यही अवस्थालाई मध्यनगर गदै पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७० र प्रदेशले सञ्चालन गरेको लेखनाथमा रहेको संक्रामक रोग अस्पतालमा ३४ बेडका लागि आवश्यक अक्सिजन पाइप जडान गर्ने भएको छ । त्यहाँ अक्सिजन सहितको व्यवस्था नहुदाँ गम्भिर प्रकृतिका विरामीहरुले उपचार नपाउने अवस्था रहेको भन्दै महानगरले अक्सिजन पाइप जडानको सम्पूर्ण खर्च व्यहोर्ने भएको छ । दशै अगाडी हामीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यलाई अक्सिजन पाइप जोडनुस त्यसको लागि आवश्यक सबै खर्च महानगरले तिर्छ भनेको थियौ महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले भन्नुभयो ।

प्रतिष्ठान र लेखनाथमा गरी १०४ ओटा अक्सिजन पाइप जडानका लागि महागनरले १० लाख रुपैयाँ उपलब्ध गराउने छ । जनशत्तिको अभाव रहेको भन्दै त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्न समेत महानगरले ९ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । जनशक्ति अभाव छ भन्नुभयो पोखरा महानगरले तीन महिनाको स्टाफ नर्सहरुको तलबका लागि ९ लाख रुपैयाँ दिन्छौ भनेका छौ उहाँले भन्नुभयो । ‘हामीले काम गर्नुस भनेका छौ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्य सरले तयारी गर्नुभएको छ ।अबको केही जडान भएपछि १०४ बेडमा राखेर उपचार गर्न सकिन्छ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...