भारतीय सेनाध्यक्षको भ्रमण खारेजको माग गदै पोखरामा धर्ना

पोखरा, कात्तिक १७ गते । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरबणेको नेपाल भ्रमणको विरुद्धमा पोखरामा प्रर्दशन गरिएको छ । संयुक्त देशभक्त मोर्चाले सोमबार नेपाल र नेपाली जनताको अपमान गर्ने भारतीय सेनाध्यक्षको भ्रमण एवं स्वागत सम्मान खारेजको माग गदै शान्तिपूर्ण धर्ना दिएको हो ।

पोखराको सहिदचोकमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएको हो । स्वास्थ्य सुरक्षाका आधारभुत मापदण्ड पालना गरेर प्रर्दशन गरीएको अभियान्ता रामबहादुर पौडेलले बताउनुभयो । त्यस्तै धर्नामा सहभागीले आफूखुशी प्लेकार्ड ल्याउन नपाइने । धर्नामा नाराबाजी, होहल्ला र अराजक गतिविधि गर्न नपाइने नियम बनाइएको थियो ।

नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा १९ गते बुधबारदेखि हुने तीन दिने नेपाल भ्रमणमा सेनाध्यक्ष नरबणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्नुहुनेछ ।  त्यस्तै, राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग नरवणेको शिष्टाचार भेट हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...