पोखरा–३० को वडा प्रोफाईल सार्वजनीक

लेखनाथ, कार्तीक१७ गते । पोखरा महानगरपालिका वडा नं ३० को सम्पुर्ण वस्तुस्थीति सहित छरिएर रहेका सुचनाहरुलाई एकत्रित गरी तयार पारिएको ऐतिहासिक दस्तावेज सहितको प्रोफाईल( पाश्र्वचित्र)सार्वजानिक गरिएको छ ।

वडाको वस्तुस्थीतिका बारेमा जानकारी लिन सहज हुने र आगामी २० वर्षको विकास निमार्णमा सहयोग पुग्ने गरि तयार पारिएको भौगोलिक,आर्थीक तथा तथ्याङ्क मुलक पुस्तकको सोमवार पोखरा महानगरका प्रमुख मानवहादुर जिसीले सार्वजानिक गर्नु भएको हो ।

आर्थीक वर्ष २०७५÷७६ सम्मको गतिविधीहरुलाई समावेस गरि तयार पारिएको ८६ पृष्ठ लामो पुस्तकको सार्वजानिक गर्दै प्रमुख जिसीले भोलीको भविश्यलाई चित्रित गर्ने गरि तयार पारिएको पुस्तक वडा नं ३० का जनतालाई मात्र नभई समग्र पोखरा र सवै स्थानीय तहका लागि पठनयोग्य र प्रेरणाको स्रोत बन्ने विश्वास ब्यक्त गर्नु भएको थियो ।

वडाको जनसंख्या,शैक्षिक,स्वास्थ्य,कृर्षि,सडक तथा अन्य भौतिक पुर्वाधारको अवस्था एवंम कला र संस्कृतीका विबिध विषयलाई समेटेर तयार पारिएको दस्तावेजले दिर्घकालीक विकासका योजना र भोलीको भाविस्यलाई चित्रीत गर्न सहज हुने प्रमुख जिसीको भनाई रहेको थियो ।

कार्यक्रममा वडाअध्यक्ष श्रीराम पोखरेलले बडाको भविश्यलाई निर्देशित गराउन सहज हुने गरि तयार पारिएको पुस्तक वडाको सम्पती र भोलीको लागि मार्गनिर्देशक हुने ठोकुवा गर्नु भएको थियो ।

सोही अवसरमा वडा सदस्य सोमलाल कडेलले सवैको साथ र सहयोगले तयार पारिएको दस्तावेजले वडालाई भविश्वमा कस्तो वनाउने भन्ने बारेमा मार्गनिर्देशित र विकास निर्माणका लागि सहयोगीशिद्ध हुने धारणा राखेका थिए भने वडा सचिव दुर्गा न्यौपानेले योजनाबद्ध विकास नै दीगो बिकासको आधार भएको विचार राखेकी थिईन ।

पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य सोमलाल कडेलले र संचालन वडासचिव दुर्गा न्यौपानेले गरेकी थिईन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...