समाजसेवी एवं धार्मिक व्यक्तित्व पौडेलको निधन

पोखरा, कात्तिक १८ गते । पोखरा महानगरपालिका वडा नं. १७ डेभिज फल स्थित गुप्तेश्वर महादेव गुफाका संस्थापक सदस्य कुलचन्द्र पौडेल (हरिहरि बा) को आइतबार निधन भएको छ ।

७४ वर्षिय समाजसेवी तथा धार्मिक व्यक्तित्व पौडेलको पोखरा १७ विरौटा स्थित निवासमा हृदयघात भइ पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको लागि लगिएमा उपचारको क्रममा वेलुकी ७ वजे उहाँको निधन भएको पारिवारका सदस्यले वताएका छन् । उहाँको सोमबार रामघाटमा हिन्दु परम्परा अनुसार अन्तेष्टी गरिएको छ ।

गुप्तेश्वर महादेव गुफाको संस्थापक सदस्य भई सो क्षेत्रको विकासमा अनवरत रुपमा लाग्नु भएको थियो भने केहि समय पुजारीको रुपमा समेत सेवा गर्नु भएको थियो ।

उहाँका जेठा छोरा श्रीराम पौडेल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् भने कान्छा छोरा नारायण पौडेल डेभिजफल टोल विकास संस्थाको अध्यक्ष तथा गुप्तेश्वर महादेव गुफाको कार्यलय प्रमुख छन् ।स्वर्गिय पौडेलका २ छोरा, २ बुहारी र ५ नातीनातिना छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...